२४ मंसिर २०७९, शनिबार

काठमाडौंको कपनको ट्रेकिङ अफिसमा आगलागी हुँदा तीनको मृत्यु




६ असोज, काठमाडौं । काठमाडौंको कपन राममन्दिरनजिकै टंक गुरुङको घरमा रहेको एक ट्रेकिङ अफिसमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ  । प्रहरीका अनुसार ट्रेकिङ कम्पनी इलाइट हिमालयन एडभेन्चरको कार्यालयमा आगलागी भएको हो । बुधबार राति अबेरसम्म मृतकहरूको पहिचान खुलेको छैन ।

उक्त ट्रेकिङ कम्पनीमा ताप्लेजुङका युवा कार्यरत थिए । उनीहरू कम्पनीकै कार्यालयमा बस्दै आएका थिए । उनीहरू नै घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ । ‘कपनस्थित टंक गुरुङको घरमा आगलागी भएको छ । सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा खटिएर आगो नियन्त्रणमा लिइएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले भने, ‘घटनास्थलमा तीनजना मृत भेटिएका छन् । उनीहरूको सनाखत हुन सकेको छैन ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएका छन् । आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकल पनि परिचालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको