७ आश्विन २०७९, शुक्रबार

पूर्व राष्ट्रपति यादवले दिए, राष्ट्रपति भण्डारीलाई राजीनामा गर्न सुझाव




५ असोज, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न सुझाव दिएका छन् । संचारमाध्यमसँग कुरा गर्दै पूर्व राष्ट्रपति यादवले विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भण्डारीले अनुचित कदम चालेकाले राजीनामा गर्न सुझाव दिएका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण अश्विकार गरेपछि राष्ट्रपति भण्डारीमाथि राजीनामाको दबाब बढेको छ ।

आफ्ना केही व्यक्तिगत असन्तुष्टि भए पनि संविधानको संरक्षकका रुपमा त्यसको पूर्ण पालना गर्नु राष्ट्रपतिको कर्तव्य भएको भन्दै यादवले यो विषय न्यायिक परीक्षणको विषय समेत बन्ने बताए । ‘ गरिमायम संस्थामा बसेर मनोमानी गर्न मिल्दैन अब उहाँले पद छोड्नुभयो भने सहज बाटो हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको