८ आश्विन २०७९, शनिबार

रियल मड्रिडको जित




३ असोज, एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । सोमबार बिहान भएको खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम एट्लेटिको मड्रिडविरुद्ध रियल मड्रिडले पहिलो हाफमा नै दुवै गोल गरेको थियो । रियलका लागि रोड्रिगो र फेडिरिको भाल्भर्डेले गोल गरे ।

यता, एट्लेटिको मड्रिडका लागि मारियो हेर्मोसोले एक गोल फर्काए । खेलको १८औँ मिनेटमा नै रोड्रिगोले गोल गर्दै रियल मड्रिडलाई १–० गोलको अग्रता दिलाए । खेलको ३६औँ मिनेटमा फेडेरिकोले गोल गरेपछि रियल मड्रिडले पहिलो हाफमा २–० गोलको अग्रता बनायो ।

८३ औँ मिनेटमा मोरियोले गोल गर्दै एट्लेटिको मड्रिडलाई २–१ गोलको स्थितिमा पुर्‍याए । तर खेलको अतिरिक्त समयमा मारियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । योसँगै एट्लेटिको मड्रिडले रियल मड्रिडसँग २–१ गोलको हार ब्यहोरेको हो ।

जितसँगै रियल भने लिगको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेलमा शतप्रतिशत जित निकालेको रियलको १८ अंक भएको छ । लिगको दोस्रो स्थानमा झरेको बार्सिलोनाको ६ खेलबाट १६ अंक छ । पराजित एट्लेटिको मड्रिडको ६ खेलबाट १० अंक छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको