७ आश्विन २०७९, शुक्रबार

एमालेका पदाधिकारी समानुपातिक सूचीमा परेनन्



३ असोज, काठमाडौं । नेकपा(एमाले)ले तयार पारेको समानुपातिकतर्फको बन्द सूची तयार पारेको छ । खुल्ला, खस आर्य, मधेशी, थारु, जनजाती, महिला, पिछडिएको क्षेत्र र मुस्लीमतर्फ ११० जनाको सिफारिस गर्दा कुनै पनि पदाधिकारी बन्द सूचीमा परेका छैनन् ।

१९ पदाधिकारी मध्ये १५ जना प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिसमा परेका छन् । बाँकी चारजना पार्टीले बनाएको समानुपातिक उम्मेदवार छनोटको मापदण्डका कारण बन्दसूचीमा परेका छैनन् ।

उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल यसअघि नै समानुपातिक पद्धतिबाट सांसद भइसकेका हुन् । उपाध्यक्ष रामबहादुर थापा वादल गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपातिक सूचीमा नपरेका हुन् ।

एमालेले अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गरेको र यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई समानुपातिकमा नदोहोर्याउने मापदण्ड तयार पारेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको