७ आश्विन २०७९, शुक्रबार

आज संविधान दिवसः बिभिन्न कार्यक्रम गरि मनाउँदै




३ असोज, काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ । दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्ती शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको