७ आश्विन २०७९, शुक्रबार

चोलेन्द्र शमशेर प्रधान्यायाधीशको हैसियतमा नै संबिधान दिवसमा सहभागि हुँदै




३ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा संबिधान दिवसमा सहभागिता जानाउने भएका छन् । राष्ट्पति भण्डारीले आइतबार उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा सहभागी हुन निम्ता दिएकी हुन् ।

सरकारले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै सर्वोच्च अदालत प्रवेश गर्न रोक लगाएकाबेला राष्ट्रपति भण्डारीले सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा जबरालाई प्रधान न्यायाधीशको हैसियतमा निमन्त्रणा पठाएकी हुन् ।

सरकारले जबराका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता बोलाइसकेको छ ।

राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको