२० श्रावण २०७८, बुधबार

विद्युत पोलमा करेन्ट प्रवाह हुँदा १ युवकको मृत्यु



२ असोज, काठमाडौं । सामुदायिक विद्युत प्रसारण लाइन विस्तारका क्रममा भैरबी गाउँपालिका वडा नम्बर २ मा एक युवकको मृत्यु भएको छ । मुख्य विद्युत लाइनमा पोलले छुँदा करेन्ट लागेर पुष्कर थापाको मृत्यु भएको हो ।
भैरबी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष विरेन्द्र शाहीका अनुसार भाद्र ३१ गते विद्युत लाइन विस्तार कार्यमा सहभागि मृतकका दाई भुपेन्द्र थापा र भतिज दिनेश थापा गम्भिर घाइते भएका छन् ।
मृतकको परिवारलाई बिमा कम्पनीले ५ लाख, ठेकेदार कम्पनी रेणु कन्सट्रक्सनबाट ५ लाख र घाइतेको उपचारका लागि भैरबी गाउँपालिकाले ५ लाख गरी १५ लाख रूपैयाँ उपलब्ध गराइने अध्यक्ष शाहीले बताए । उनले भने, ‘मृतकका १ जना आफन्तलाई गाउँपालिकाले योग्यता अनुसार राजगारीको ग्यारेन्टी गर्ने सहमति भएको छ ।’
अध्यक्ष शाहीले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु