७ आश्विन २०७९, शुक्रबार

मुगुमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार




२८ भदौं, सुर्खेत । मुगुमा १६ बर्षीया बालिका सामूहिक तीन जनाले सामूहिक बलात्कार गरेका छन् । छायाँनाथ रारा नगरपालिका–१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेका हुन् ।

पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका–४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका–३ रकुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका–१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । ‘घटनाका बिषय थप अनुसन्धान भइरहेको छ ।’ उनले भने,‘आरोपितलाई जिल्ला अदालतको म्याद लिएर अहिले अनुसन्धान भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको