१२ आश्विन २०८०, शुक्रबार

कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगे सदगुरु




सुर्खेत । भारतीय जगदीश बासुदेव (सदगुरु) कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगेका छन् । हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी पोखराबाट शुक्रबार सिमकोट पुगेका हुन् ।

पवित्र तीर्थस्थलका रुपमा परिचित कैलाश मानसरोवरमा सदगुरु यो पटकसहित ३ पटक हुम्ला पुगेको पर्यटन व्यवसायी विजय लामाले बताए ।

चर्चित धर्मगुरु जगदीश वासुदेव (सदगुरु)ले नेपाल धार्मिक र पर्यटकीय हिसाबले विश्वकै दोस्रो बाली भएको बताएका छन् । ‘नेपाल विश्वको दोस्रो बाली जस्तो मात्रै छैन् एसियाको स्वीजरल्याण्ड जस्तो छ । तपाईसँग थुप्रै सम्भावनाका क्षेत्र छन् ।’ उनले भने,‘यी क्षेत्रहरुलाई सुधार गर्नुपर्ने छ । यहाँका नागरिकले अहिलेकै जस्तो वास्तविकता र हिमालयन जीवनलाई कायम गर्न सक्छन् । जसले विश्वमा नेपालको मौलिक पहिचान बनाउने छ ।’

सदगुरुसँग भारतीयसहित विभिन्न १८ वटा देशका एक हजार २७ धार्मिक पर्यटक हुम्ला पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको