८ आश्विन २०७९, शनिबार

एमाले दैलेखले टुंग्यायो उम्मेदवार



२० भदौं, दैलेख । नेकपा (एमाले) जिल्ला कमिटी दैलेखको पाँचौं बैठकले प्रतिनिधिसभा सदस्यका २ र प्रदेशसभाका ४ क्षेत्रका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रत्यक्षतर्फ १ नम्बरबाट ३ र २ नम्बरबाट ५ जनालाई सिफारिस गरेको हो ।

१ नम्बर निर्वाचन क्षेत्रबाट रविन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन् भने २ नम्बरबाट विष्णु रिजाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विनोदकुमार शाह र राजबहादुर शाही उम्मेदवार सिफारिस भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको