३१ भाद्र २०८०, आईतवार

एसइई नतिजा: तर्क र तथ्य


डा. मीनबहादुर शाही, शिक्षाविद्
१७ भाद्र २०७९, शुक्रबार

यो वर्ष मात्र होइन । सधैं यस्तै हो । फरक यति मात्र हो कि कहिले अलि बढि अङ्ग्रेजीमा असफल होलान् त कहिले गणितमा । तर वास्तविकता यो हो कि अङ्ग्रेजीको प्रश्नपत्रलाई सरलीकृत गरिएको छ । व्याकरणको पाटोमा अड्कलबाजी र हल्का पुनरावृत्ति गर्दा पनि उत्तीर्णाङ्क पाउन सकिन्छ वा राम्रो जिपिए ल्याउन सकिन्छ तर यो सुविधा गणित विषयमा छैन । त्यसैले प्राय सबै वर्ष गणित विषयमा बढि असफल वा वर्तमान मापन प्रणालीको कुरा गर्दा कम जिपिए ल्याउने धेरै विद्यार्थी हुन्छन् । यसैलाई विषयवस्तु बनाएर यो वर्ष एसईईको नतिजापश्चात गत हप्ता कान्तिपुर एफएम.ले गरेको एउटा विश्लेषणत्मक विवरण वेलुकीको समाचारमा घन्कियो । त्यसमा पत्रकार, विज्ञ, परीक्षक र विद्यार्थी स्वयंका धारणा सार्वजनिक गरियो । अनि मलाई लाग्यो त्यसको सत्यता कति होला । अर्थात्, त्यसैलाई आधार मानेर अगाडि बढ्यो भने कहा“ पुग्ला सुधार । त्यसैले समाचारको सारलाई आधार मान्दै सम्भाविक वास्तविकताको एउटा पाटो उघार्ने जमर्को यसमा गरिएको छ । उक्त समाचारको निस्कर्ष,

पत्रकारको निष्कर्ष

एसईईमा गणित विषयमा आधाभन्दा बढि विद्यार्थीले कम जिपिए ल्याउनुको कारण वा गणित विषयमा धेरै विद्यार्थी कमजोर हुनुको कारण उनीहरू यो विषयलाई डर भावले हेर्छन्, नाम सुन्दै डराउ“छन् । म त सक्दैन भन्ने मानसिकता बनाएर बसेका हुन्छन् । त्यसैले उनीहरूको सोच नै कमजोर छ र सक्छु भन्ने भावना नै छैन भने उनीहरूले सक्ने कुरा नै हुदैन । त्यसकारण यस विषयको स्तर सुधारका लागि उनीहरूको मानसिकतामा परिवर्तन गर्नुपर्छ ।

एसईईमा गणित विषयमा आधाभन्दा बढि विद्यार्थीले कम जिपिए ल्याउनुको कारण वा गणित विषयमा धेरै विद्यार्थी कमजोर हुनुको कारण उनीहरू यो विषयलाई डर भावले हेर्छन्, नाम सुन्दै डराउ“छन् । म त सक्दैन भन्ने मानसिकता बनाएर बसेका हुन्छन् । त्यसैले उनीहरूको सोच नै कमजोर छ र सक्छु भन्ने भावना नै छैन भने उनीहरूले सक्ने कुरा नै हुदैन । त्यसकारण यस विषयको स्तर सुधारका लागि उनीहरूको मानसिकतामा परिवर्तन गर्नुपर्छ ।

विद्यार्थी प्रतिनिधिको प्रतिक्रिया

मलाई गणित विषयमा शुत्र कण्ठ गर्न गाह्रो लाग्छ । अनि हिसाबवा गणना वा लेखाजोखा (Calculation) गर्दा कहा“ चिप्लिन्छु कहा“ । त्यसैले गर्दा मलाई गणित विषय गाह्रो लाग्छ । यसैमा अर्को विद्यार्थीको भनाई जोडिएको थियो कि, धेरैले यस विषयलाई पनि अरू विषय भैm पढेर सिक्ने प्रयास गर्छन् । त्यसैले सिक्न गाह्रो हुन्छ । तर म धेरै अभ्यास गर्छु । अनि एउटै हिसाव धेरै पटक अभ्यास गर्नाले सिक्न सजिलो भएको छ र सजिलै उत्तीर्ण हुन्छु ।

शिक्षाविद्को भनाई

यसमा धेरै कुराहरू जोडिएर आउने भएकाले यही भन्न गाह्रो छ । यसमा पाठ्यक्रमको कुरा पनि छ । परीक्षा प्रणालीको कुरा छ । अनि विद्यार्थीको कुरा पनि आउ“छ । सिकाइको कुरा पनि होला । त्यसैले किटान गरेर यही भन्नगारो छ । यसलाई अनुसन्धान गर्नुपर्छ । अनि के भएको हो भन्ने पत्ता लगाएर सुधार गर्न सकिन्छ ।

परीक्षकको विचारमा

अन्य विषयमा विद्यार्थीले केही न केही लेखेका हुन्छन् र परीक्षकलाई अङ्क दिन सजिलो हुन्छ । तर गणित विषयमा कसैले प्रश्न मात्र सारेर छाडेका हुन्छन् त कसैले त्यही पनि गर्दैनन् । उत्तर लेखेर मात्र छाडेका पनि धेरै हुन्छन् । त्यसैले अङ्क दिन सकिदैन । अलिकति भए पनि केही लेखेको भए उदार हुन सकिन्थ्यो । प्रयास नै गरेका हुदैनन् ।

अन्य विषयमा विद्यार्थीले केही न केही लेखेका हुन्छन् र परीक्षकलाई अङ्क दिन सजिलो हुन्छ । तर गणित विषयमा कसैले प्रश्न मात्र सारेर छाडेका हुन्छन् त कसैले त्यही पनि गर्दैनन् । उत्तर लेखेर मात्र छाडेका पनि धेरै हुन्छन् । त्यसैले अङ्क दिन सकिदैन । अलिकति भए पनि केही लेखेको भए उदार हुन सकिन्थ्यो । प्रयास नै गरेका हुदैनन् ।

परीक्षाबोर्डको आधिकारिक धारणा

यो वर्ष राम्रो भयो । अध्ययन अवधिमा कोभिडको प्रभाव भएपनि नतिजा राम्रो आयो । तर राम्रो कसरी आएको हो भन्ने वास्तविकता बाहिर ल्याइएको छैन । निर्णयकर्ताहरूलाई थाह छ कि सरकारको सम्पूर्ण लगानी सामुदायिक विद्यालयमा हो । तर एक चौथाइभन्दा कम विद्यार्थी पढ्ने संस्थागत विद्यालयका विद्यार्थीहरूले राम्रो जिपिए ल्याउनेमा पकड कायम गरेका छन् । समग्र उत्तीर्ण प्रतिशतमा पनि संस्थागत विद्यालयको करिव ९० प्रतिशत छ भने सामुदायिकविद्यालयको ९० प्रतिशतभन्दा कम छ । यो समग्रताको नियम गणित विषयमा पनि लागु हुन्छ ।

सरकार र विज्ञहरूले नदेखेका तर पर्दामा नै रहेका दुइओटा तथ्यहरूलाई यस प्रकार हेर्न सकिन्छ ।

पहिलो तथ्य

मैले एसईई को नतिजाको वरपर नेपालका पा“चवटा जिल्लाका ३ दर्जनभन्दा बढि विद्यालयमा भ्रमण गर्दा र तिं विद्यालयका करिव १२५ जना शिक्षकहरूस“ग अन्तरक्रिया गर्दा ३० प्रतिशत शिक्षकहरू पूरक परीक्षामा उत्तीर्ण भएका छन् । समग्रमा ५० प्रतिशतभन्दा बढि अंक प्राप्त गर्ने शिक्षकहरूको सङ्ख्या २१ प्रतिशत मात्र थियो । यसको मतलव मुस्किलले उत्तीर्ण हुनेहरूमा गणित विषयको आधारभूत अवधारणा (Four Basic Operation of mathematics, and geometrical concept)बारे अनभिज्ञता हुन्छ भन्ने कुरा सत्य हो । जव आपैmलाई आधारभूत अवधारणा थाह छैन भने साना बालबालिकाहरूलाई बुझाउने कसरी ?

अहिले सरकारी सामुदायिक विद्यालयको प्राथमिक (कक्षा ५ सम्म) तहमा कार्यरत बहुमत शिक्षकहरू २०४५, २०४७, २०५२ का स्थायी र त्यस अन्तराल तथा तत्पश्चात राहत दरबन्दीमा नियुक्त शिक्षकहरू छन् । यो उत्पादन हाम्रै सामुदायिक विद्यालयहरूबाट २०४१ सालदेखि २०६० को अन्तरालमा एसएलसि उत्तीर्ण भएका परीक्षार्थीहरू हुन । यसको समग्रता के छ त्यसको अध्ययन गर्न वा“की नै छ । तर सजिलै लख काट्न सकिने कुरा के हो भने अधिकांश शिक्षकहरू गणित विषयमा आंशिक परीक्षामा परेर मुस्किलले उत्तीर्ण भएका वा नियमित रूपमै उत्तर्णि भएका भएपनि केवल ३२ वा ३३ वा ३५ उत्तीर्णाङ्क ल्याएका वा औशतमा ५० भन्दा कमल्याएका छन् ।

मैले एसईई को नतिजाको वरपर नेपालका पा“चवटा जिल्लाका ३ दर्जनभन्दा बढि विद्यालयमा भ्रमण गर्दा र तिं विद्यालयका करिव १२५ जना शिक्षकहरूस“ग अन्तरक्रिया गर्दा ३० प्रतिशत शिक्षकहरू पूरक परीक्षामा उत्तीर्ण भएका छन् । समग्रमा ५० प्रतिशतभन्दा बढि अंक प्राप्त गर्ने शिक्षकहरूको सङ्ख्या २१ प्रतिशत मात्र थियो । यसरी कक्षा १० को परीक्षामा यस्तो अवस्था भोगेका शिक्षहरूको कक्षा एकदेखि कै यात्रा पनि यस्तै थियो होला त कक्षा १० मा यस्तो भयो होला भनेर सजिलै अनुमान गर्न सकिन्छ । यसको मतलव मुस्किलले उत्तीर्ण हुनेहरूमा गणित विषयको आधारभूत अवधारणा (Four Basic Operation of mathematics, and geometrical concept)बारे अनभिज्ञता हुन्छ भन्ने कुरा सत्य हो । जव आपैmलाई आधारभूत अवधारणा थाह छैन भने साना बालबालिकाहरूलाई बुझाउने कसरी ?

घाम जस्तै छर्लङ्ग यो तथ्य हु“दाहु“दै अव गणित विषयमा धेरै विद्यार्थीले कम जिपिए ल्याउनको कारण खोज्न गाह्रो होला र ! अभैm पनि सरकार र विज्ञहरूले अन्यत्र नै खोजिको सुई घुमाउनुको मतलव स्वार्थबाट प्रेरित वा परिस्थितिबारे अनभिज्ञता भन्न सकिन्छ होला । अर्थात् अनुसन्धान र खोजबिनको नाममा केही वर्ष गुजार्ने जब कि अभैm केही विद्यार्थी यस्तै अन्योलबाट पार गरून र उनीहरूले गुणस्तरीय शिक्षा नपाउन् ।

दोस्रो तथ्यः

शिक्षक बन्नका लागि उत्तीर्ण गर्नु पर्ने परीक्षाको विषयवस्तु, प्रकृया र परिस्थिति । यहा“ २०५४/५५ सालसम्मको अवस्थालाई छाडौं । किनभने देशमा पर्याप्त शिक्षक तयार भै नसकेको अवस्थामा गुणस्तर खोज्ने कुरा गाह्रो थियो । त्यसैले परीक्षा प्रणालीलाई सरलीकरण गरिएको थियो र साझा बनाइएको थियो भन्न सकिएला । जसले गर्दा अङ्ग्रेजी गणित जस्ता दैनिक जीवनमा कम अभ्यास गरिने विषयलाई महत्व दिइएन । यि विषयमा कक्षा एक देखि नै अनुत्तीर्ण र असफल हु“दै आएका परीक्षार्थी पनि सहजै शिक्षक बन्ने परीक्षामा उत्तीर्ण गरी शिक्षक भए । तर तत्पश्चातको समयमा नेपालमा शिक्षक उत्पादन प्रयाप्त छ । मानिसहरू पढेर बेरोजगार भएको हल्लाले दिनदिनै बजार र गाउ“वस्ती गुन्जिरहेको छ । यस्तो अवस्थामा सरकारले शिक्षक छनौट प्रणालीलाई किन प्रतिस्पर्धि बनाउदैन । २०७४ पछिको परीक्षा प्रणालीलाई हेर्ने हो भने पनि प्राथमिक तहको लागि परीक्षा उत्तीर्ण गर्न विषयगत परीक्षामा १०० पूर्णाङ्कको १० वटा प्रश्नको उत्तर दिनुपर्दछ । यसमा ४० लाई उत्तीर्णङ्क मानिएको छ । जवकि ४० ल्याउनेको सङ्ख्या निकै कम हुने र निर्धारित कोटाभन्दा पनि कम उत्तीर्ण हुने त कतै केही प्रतिशत मात्र बढी उत्तीर्ण भएका प्रमाणहरू शिक्षक सेवा आयोगको अभिलेखमा छदैछ ।

यसमा शिक्षण विधि, सामग्री, मूल्याङ्कन विधि अनि सबै विषयलाई समेट्दा एउटा विषयले कति वटा प्रश्न पाउला । मानौँ, गणित विषयले २ वटा प्रश्न पायो । यसको अङ्कभार २० हुने भयो । तर परीक्षार्थीले यो २ वटै प्रश्न सकेन भने पनि उ राम्रोस“ग उत्तीर्ण हुन्छ किनकि त्यहा“ सबै विषय गर्नै पर्ने छैन । बा“की प्रश्नबाट उसले ८० अङ्क प्राप्त गर्न सक्छ । प्रतिस्पर्धाबाट छनौट भएर शिक्षक बन्न सक्छ । यहा“ कक्षा एकदेखि नै गणित विषयमा अनिवार्य ५० प्रतिशत अङ्क ल्याउनु पर्ने बाध्यता पनि छैन । अनुत्तीर्ण हु“दै कक्षा १० सम्म जान सकिन्छ । कक्षा १० मा आंशिक वा अहिलेको सन्दर्भमा ग्रेड वृद्धि गरेर उत्तीर्ण हुन सकिन्छ । शिक्षक छनौट परीक्षा त्यसरी उत्तीर्ण गर्न सकिन्छ । २०५६ सालपछि त परीक्षा नै नलिएर वा औपचारिकतामा सीमित राखेर राजनीतिक संरक्षणका भरमा शिक्षकहरू धेरै नियुक्त गरिए । तर शिक्षक बनिसकेपछि गणित पनि पढाउनु पर्ने बाध्यता छ । अब कसरी पढाउने । कसरी साना बालबालिकामा गणितीय अवधारणाको विकास गर्ने । निकै गाह्रो कुरा हो । नेपालको गणितको जग नै कति कमजोर छ भने २०५० को दशकसम्म विहार, दार्जिलिङ र उत्तर प्रदेशका प्रमाणपत्र धारीहरूले झोलामा गाइड (Guide) बोकेर नेपालका विद्यालयहरूमा गणित शिक्षक बनेर काम चलाएको दृष्टान्त जीवित नै छ । यस्तो अवस्थामा शिक्षक सेवा आयोगको सामान्यीकृत परीक्षा प्रणालीबाट गणित विषयमा बुझेर सिक्ने वातावरणको आशा कसरी गर्न सकिएला र ।

समाधान के त ?

नेपालका विद्यालयहरूमा गणित विषयको आधार कमजोर छ । यो समस्या (Problem) हो । विगतको पृष्टभूमि र शिक्षक छनौट परीक्षा प्रणाली यसको कारण (Reason) हो । यसको समाधान भनेको रूपान्तरण हो । प्रतिस्थापन हो । रूपान्तरण कसरी त भन्दा १६ औं शताव्दीमा स्पार्टाले व्यारेकिकरण गरेर अनिवार्य शिक्षा गरेको थियो भने १८ औं शताव्दीमा अमेरिकाको मासाचुसेट राज्यले कानुन बनाएर अनिवार्य शिक्षा कार्यान्वयन गरेको थियो । १९ औ शताव्दीमा सोभियत रूसले देशमा शिक्षक नभएको अवस्थामा धेरै तालिम केन्द्रहरू तयार गरेर सामान्य लेखपढ गर्न जानेका मानिसलाई तालिम दिएर प्रयाप्त शिक्षक तयार गरिएको थियो । भारतले पनि स्वतन्त्रता पछि त्यस्तै अभिायन सञ्चालन गरेको थियो । त्यसैले कम्युनिष्ट देश सोभियत रूस र प्रजातान्त्रिक देश भारतमा शिक्षक तालिमका प्रयाप्त संस्थाहरू निजी र सरकारी अव्स्थामा विगतबाट सञ्चालनमा छन् । नेपालमै पनि २०१० को दशकमा विद्यालयको विस्तार सुरू भएपछि शिक्षक अभाव भयो । यसको समाधानका रूपमा केही मानिसलाई श्रीलङ्का, थाइल्याण्ड तालिममा पठाएर २००४ सालमा आधार शिक्षक तालिम सञ्चालन गरेर सामान्य लेखपढ गर्न जानेकालाई शिक्षकका रूपमा तयार गरिएको थियो । समुदायमा सुन्न पाइन्छ कि, अहिलेका उच्च डिग्री लिएका भन्दा त्यसबेलाका सामान्य तालिम लिएका शिक्षकको शिक्षण सिकाई प्रभावकारी थियो । यहा“ कुनै शिक्षक राम्रो वा कुनै नराम्रो भन्दापनि यो त प्रणालीको दोष हो । आखिर प्रणालीले शिक्षकलाई निर्देशित गर्ने हो । हिजोमात्र काठमाडांै महानगरपालिकाका मेयरले शिक्षकहरूलाई कुनै पनि राजनीतिक दलको सदस्य नबन्न र नबनाउन अनुरोध गरे । निर्देशनदिए । कानुनको डण्डी पनि देखाए । तर यो त उनको निरर्थक वाचन हो । जवसम्म देशको मूल कानुन र मूल नेतृत्वले यसलाई सम्बोधन गर्दैन तवसम्म यो त वेतुकको डम्फु फुकाई हो भन्ने त उनले मेयर जितेको एक महिनामा संस्थागत स्कुल सम्बन्धी दिएको अभिव्यक्तिबाट पुष्टि भैसकेको छ ।

त्यसो भए के गर्ने त ?

शिक्षक छनौट परीक्षामा गणित विषयको पाठ्यभार बढाउने । गणित विषयको प्रश्नावलीलाई अनिवार्य गर्ने । स्वतन्त्र निकायबाट विद्यार्थीहरूको गणित विषयको सिकाई उपलव्धि परीक्षण गर्ने । शिक्षकहरूलाई आºनो क्षमता अभिवृद्धि गर्न अवसर दिने । क्षमता अभिवृद्धि गर्न नसक्ने शिक्षकलाई विदाईको राम्रो अवसर दिने । विकल्प दिने । प्रवेशद्वार अनुसार मानिसले आपूmलाई तयार गर्नै पर्ने हुन्छ ।

नेतृत्वको चाहना भयो भने धेरै उपाय छन् । त्यसमध्येको केही सरल उपाय यस्ता हुनसक्छन् । शिक्षक छनौट गर्दा प्राथमिक तहमा पनि विषयगत परीक्षा लिने । परीक्षा प्रणालीलाई पनि आगमनात्मक (Inductive) बनाउने । सिर्जना र अवधारणाबाट निर्देशित बनाउने । शिक्षक छनौट परीक्षामा गणित विषयको पाठ्यभार बढाउने । गणित विषयको प्रश्नावलीलाई अनिवार्य गर्ने । स्वतन्त्र निकायबाट विद्यार्थीहरूको गणित विषयको सिकाई उपलव्धि परीक्षण गर्ने । शिक्षकहरूलाई आºनो क्षमता अभिवृद्धि गर्न अवसर दिने । क्षमता अभिवृद्धि गर्न नसक्ने शिक्षकलाई विदाईको राम्रो अवसर दिने । विकल्प दिने । प्रवेशद्वार अनुसार मानिसले आपूmलाई तयार गर्नै पर्ने हुन्छ । सरकार र सरोकारवाला पक्षले प्रवेशद्वार नै फितलो वा कमजोर बनाएर नतिजामा गुणस्तर खोज्नु निकास हुन सक्दैन । यो अलमल्याउने र अलमलिने काम मात्र हो । त्यसैले विकल्प धेरै हुन सक्लान् तर काम गर्ने समय धेरै छैन अर्थात् धेरै ढिलो भैसकेको छ । छिटै सुरू गर्न आवश्यक छ । विद्यालय शिक्षाको कमजोर धरातललाई सबल बनाउनु आजको प्रमुख काम हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको