कक्षा १२ को नतिजा सार्वजनिक
१७ भदौं, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो ।
देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा सञ्चालन भएको उक्त परिक्षामा १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेको परिक्षा बोर्डले जनाएको छ ।