७ आश्विन २०७९, शुक्रबार

महानगरको २४ घन्टे अल्टिमेटमपछि फनपार्कले र्तियो १७ लाख मनोरञ्जन कर



१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले मनोरञ्जन कर तिरेको छ । महानगरको राजस्व विभागलाई विहिबार फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।

राजश्व विभाग प्रमुख अधिकारीका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो । उनले भने, ‘उहाँहरूले आज आएर केही कर बुझाएर जानुभएको छ । अन्य कर भने तिर्नुभएको छैन ।’

अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम कार्यन्वयनमा रहेपनि फनपार्कले मनोरञ्जन कर बुझाएको थिएन ।

यस्तै, फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ । उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ । अधिकारीले भने, ‘व्यवसाय कर भने वडामा नै तिर्नुपर्ने हुन्छ । साय कर एकदेखि डेढ लाखको हाराहारीमा होला । त्यसको लागि हामीले चिठी काटिसकेका छौंं । उहाँहरू कर तिर्नेमा सकारात्मक हुनुहुन्छ ।

६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको छ । बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्ने हुन्छ ।

महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि मनोरञ्जन कर मात्र बुझाएको हो ।

पटक-पटक आग्रह गर्दा पनि वर्षौँदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि मेयर बालेन शाहको अग्रसरतामा महानगरले २४ घन्टे अल्टिमेटम दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको