कुलमानलाई नदोहोर्याए जनताले जिन्दगी भरी चित्त दुखाउने छन् : मदनकृष्ण श्रेष्ठ
३१ भाद्र, काठमाडौं । ‘मह’ का ‘म’ वरिष्ठ हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति गर्नु पर्ने धारणा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार लेख्दै अभिनेता श्रेष्ठले कुलमानलाई हटाइए ७७ जिल्लाका जनताले जिन्दगी भरी चित्त दुखाउने धारणा राखेका हुन् ।
एउटा जिल्लाको जनमत प्राप्त गरेपछि कुनैपनि व्यक्ति सांसद बनेर सिंगै मन्त्रालयको नेतृत्व गर्न योग्य हुने लोकतान्त्रिक अभ्यासलाई सम्झाउदै श्रेष्ठले लेखेका छन, ‘जनताको मतलाई आयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ । तर ७७ वटा जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगी भरी चित्त दुखाउने छन् ।’
७७ जिल्ला मध्ये जुनसुकै जिल्लाबाट चुनाव लडेपनि जनताले सहजरूपमै कुलमानलाई निर्वाचित गरिदिने निश्चित भएको अवस्थामा जनमतको कदर गरिदिन राजनीतिक नेतृत्वलाई मदनकृष्णले आग्रह गरेका छन् । उनले थप लेखेका छन्, ‘लौ है आदरणीय नेताज्यूहरू, जनताका तर्फबाट यहाँहरूलाई एकपटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरूको स्वविवेक र कर्म हो ।’
आफ्नो कलाकारीतामा सधै समाजको रूपान्तरण खोज्ने मह जोडीले सधै सत्य र न्यायको पक्षपोषण गरेका विभिन्न चलचित्र, टेलिचलचित्रहरू हामीले हेर्दै आएका छौं । पञ्चायत काल, २०४६ सालको जनआन्दोलन र पछिल्लो ६२/६३ को जनआन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तनहरूमा आफ्नो क्षेत्रबाट निकै महत्वूर्ण योगदान दिएका छन् महजोडीले ।
अहिले कुलमानको पक्षमा देश बोलिरहँदा महजोडीको प्रतिनिधित्व गर्दै मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमा राखेको निरपेक्ष अभिव्यक्ति महत्वपूर्ण छ ।
फेसबुक स्टाटस :
