१३ माघ २०७९, शुक्रबार

सत्यराज आचार्यको स्वरमा ‘राजकुमार’ सार्वजनिक (भिडियोसहित)



११ भाद्र, काठमाडौं । सत्यराज आचार्यको स्वरमा नयाँ गीत ‘राजकुमार’ सार्वजनिक भएको छ । पदम लोहारको प्रस्तुतिमा सत्य–स्वरूप युट्युब च्यानलमा शुक्रबार गीत सार्वजनिक भएको हो ।

पदमकै लेखन र सत्य–स्वरूपको सङ्गीत रहेको यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज दिएका छन् । यस गीतलाई गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका हुन् ।

यसको रेकर्डिङ्ग राजेश श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ किशोर थापाले गरेका छन् । वेस्टर्न कलरमा आधारित स्लो रक प्याटर्नको गीतलाई म्यूजिक भिडियो सहित तयार पारिएको छ ।

जसलाई तोसित घतानीले निर्देशन गरेका हुन् । भिडियोमा स्वयं सत्यराज आचार्य र अभिनेत्री रिमा मिधुन मगर र सृजन भट्टराईले अभिनय गरेका छन् । रन्जन महतको छायाङ्कन अनि निर्देशक तोसितकै सम्पादन रहेको भिडियोको रङ्ग संयोजन विप्लव गौलीले गरेका छन् ।

भिडियोलाई सत्य–स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको