१ आश्विन २०८०, सोमबार

कक्षा १२ को अनलाइन परिक्षा, विद्यार्थीले पाठ्यसामग्री प्रयोग गर्न पाउने



३१ भाद्र, काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले लामो समयदेखि स्थगित कक्षा १२ को परिक्षा अनलाइनबाटै लिने तयारी गरेको छ । कोरोना महामारीका कारण देशभर प्रत्यक्षरूपमा परिक्षा सञ्चालन गर्नसक्ने अवस्था नभएकाले परिक्षा बोर्डले यस्तो निर्णय गरेको हो ।

जम्मा १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परिक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ कुल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परिक्षा सम्पन्न गर्न बोर्डले सरकारलाई सिफारिस गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव पठाई स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुने परिक्षा बोर्डले जनाएको छ । सरकार पनि छिटै निर्णय गर्ने तयारिमा रहेको मन्त्रालयका एक अधिकारीले बताए ।

इन्टरनेटको पहुँच नहुने परिक्षार्थीका लागि सूचाना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्नेगरी सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका–२०७७ जारी गरिसकेको छ ।

‘सरकारबाट निर्णय हुने बित्तिकै आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनालाईन परिक्षाको तालिका प्रकाशन गरिनेछ’ ११ र १२ तहका परिक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

अनलाइन परिक्षामा विद्याार्थीले बोर्डले तोकेको निश्चित समयमा उत्तर तयार गर्नुपर्ने भएपनि उनीहरूलाई पाठ्यसामग्री र स्रोतको उपयोग गर्न पाउने सुविधा दिइने परिक्षा बोर्डले जनाएको छ । घरमै बसेर गार्ड र सुरक्षाकर्मी बिनै विद्यार्थीहरू अनलाइन परिक्षामा सहभागी हुने भएकाले यो एक प्रकारको खुला परिक्षा हुनेछ ।

कोरोना महामारीको कारण बैकल्पिक रूपमा गर्न लागिएको यस्तो प्रकृतिको परिक्षा सम्भवत नेपालको लागि नयाँ अध्यास पनि हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको