श्रीमान्लाई शारीरिक सुख दिन सक्ने महिलाको खोजीमा श्रीमती, आवेदनको माग
एजेन्सी । ४४ वर्षकी एक महिलाले जागिरको लागि महिलाबाट यस्तो आवेदन मागेकी छिन् । जसले थाइल्याण्डमा चर्चा बटुलेको छ । उनले आफ्ना श्रीमानका लागि ‘राम्री र शिक्षित’ मिस्ट्रेसलाई आवेदन दिन आह्वान गरेकी छिन् ।
बैंकक अपार्टमेन्टमा बस्ने पाथिमा चाम्नान नामकी महिलाले आफ्ना श्रीमानसँग धेरै समयदेखि सुत्न नसकेका कारण आफूलाई खराब श्रीमती सोच्न थालेको बताएकी छिन् । यो सोचबाट निस्कनका लागि उनले श्रीमानका लागि एक मिस्ट्रेसलाई जागिरमा राख्ने निर्णय गरिन् । ती मिस्ट्रेसले उनका श्रीमानलाई शारीरिक सुख प्रदान गर्न सक्नुपर्ने र उनको निकै सुन्दर व्यक्तित्व र उत्कृष्ट वाक कला हुनेपर्ने शर्त राखिएको छ । उक्त जागिरका लागि चम्नानले मिस्ट्रेसलाई ४५० डलर तलब दिने पनि बताएकी छिन् । तलबका साथै उनलाई घरमा निःशुल्क खाना र आवासको व्यवस्थासमेत भएको बताइएको छ । यो प्रस्तावको विरोध भएपनि थाइल्याण्डकी यी महिलाले यो जागिरका लागि दुई जना छनोट गरिसकेको बताएकी छिन् ।
‘जागिरका लागि आवेदन दिने महिलाको बच्चा हुुनुहुँदैन किनभने उनीहरु पछि बोझ बन्न सक्छन् । उनीहरुको व्यक्तित्व आकर्षक हुनुपर्छ र राम्रोसँग बोल्न सक्ने हुनुपर्छ,’ उनले भनिन् । ‘यसका साथै उनीहरुले मेरा श्रीमानलाई शारीरिक रुपमा खुसी पनि बनाउन सक्नुपर्छ । उनी एक पुरुष हुन् र उनलाई यसको आवश्यकता पर्छ । उनको यौन इच्छा निकै राम्रो छ र धेरै नै ऊर्जावान् छन् । उनकी मिस्ट्रेसले उनलाई साथ–सहयोग दिनुपर्नेछ र मनोरञ्जन पनि प्रदान गर्नुपर्नेछ, त्यसैले उनीहरुको पर्सनालिटी राम्रो हुनुपर्छ र ठट्टा गर्ने खालको पनि हुनुपर्छ ।’
यो समाचारले थाई सोशल मिडियामा धेरै विवाद उत्पन्न गरेको छ । यद्यपि, चम्नानले आफू डिप्रेसनसँग संघर्ष गरिरहेको र आफूले आफ्नो पुरुषको राम्रोसँग हेरचाह गर्न नसक्ने महसुस गरेकोले यो व्यवस्थाको लागि विचार आएको बताएकी छिन् ।
‘म मेरा श्रीमानका लागि यसकारण पनि मिस्ट्रेस खोजिरहेको छु किनभने म शारीरिक समस्यासँग जुधिरहेकी छु,’ ४४ वर्षकी महिलाले भनेकी छिन् । ‘मलाई क्रोनिक डिप्रेसन छ र आफ्नो श्रीमानको राम्रोसँग हेरविचार गर्न सक्दिनँ भन्ने लागिरहन्छ । म पछिल्लो धेरै समयदेखि आफ्ना श्रीमानसँग सुतिरहेकी छैन । त्यसैले म राम्रो श्रीमती होइन कि जस्तो लाग्छ ।’
गत हप्ता द मिररले बताए अनुसार ती महिलाका श्रीमान् पात्तागोर्नले गत हप्ता उक्त भिडियो जब एड देख्दा आफू चकित परेको बताए । तर उनले आफ्नी श्रीमतीको विचारको विरोध भने गरेनन् ।
‘मेरी श्रीमतीले मेरो हेरविचार गर्नका लागि कोही चाहिएको बताइन् । ’ ती श्रीमानले भने । ‘सुरुमा त यस्तो विज्ञापन देख्दा म चकित परेको थिएँ । अन्य पुरुष जो मजस्तो हुन चाहन्छन्, उनीहरुलाई आफ्ना श्रीमतीजस्तो होस् भन्ने चाहन्छु । उनीहरुले आफ्ना श्रीमतीको अनुमति लिनुपर्छ । यसो गर्दा भविष्यमा समस्या हुँदैन । मलाई कहिल्यै मिस्ट्रेसको आवश्यकता परेको महसुस भएन तर मेरी श्रीमतीले नै यस्तो प्रस्ताव गरेकी छिन्, म यसमा विरोध गर्दिनँ ।’
चमन्नाले मिस्ट्रेस र आफूमाथि कहिले पनि कुनै कुरामा झगडा नहुने कुरामा ग्यारेन्टी पनि दिएकी छिन् ।