१४ आश्विन २०७९, शुक्रबार

बालेन र हर्क साम्पाङको घोचपेचले तातियो समाजिक सञ्जाल



१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङ राईबीच चलेको घोचपेचले सामाजिक सञ्जाल तातिएको छ ।

सम्पाङले बुधबार साँझ फेसबुकमा ‘आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ’ भन्दै स्टाटस लेखेपछि बालेनले घुमाउरो शैलीमा कडा प्रतिक्रिया दिएका हुन् ।

साम्पाङले पोष्टमा, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर नउठ्ने रैछ ! कम्से कम काम त शुरु गरे !’ लेख्दै हाँसेको इमोजी पनि राखेका छन् ।

उनकै फेसबुक पोष्टमा गएर बालेनले घुमाउरो शैलीमा लेखेका छन्, ‘हो नि…तपाईंकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि ।’

हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिदै धरान नै सफल लागेको प्रतिक्रिया दिएका थिए । उनले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको सहेत बताएका थिए ।

पछिल्लो समय केहि घटनाक्रमका कारण विवादमा तानिएका मेयर बोलनलाई लिएर जनताबाट मिश्रित धारणा आउन थालेका छन् । हर्क साम्पाङको चर्चा भने चुलिदो छ । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मेयर द्वय शाह र राइसँग जनताले ठूलो आशा र भरोषा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको