१६ आश्विन २०७९, आईतवार

बाबुराम र वामदेव माओवादीको चुनाव चिन्हबाट चुनावमा लड्ने




काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले माओवादीको चुनाव चिन्ह हसियाँ हतौडा प्रयोग गर्ने भएका छन् । माओवादी केन्द्रले दुवै पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।

मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।

भट्टराईलाई चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लडेर दिने औपचारिक निर्णय भएको छ । तर, वामदेवको हकमा पनि चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको