१६ आश्विन २०७९, आईतवार

कोभिड संक्रमणदर बढेको बढ्यै




काठमाडौं । नमुना परीक्षण बढाएसँगै नेपालमा दैनिक कोरोना संक्रमणदर पनि बढेको छ । पछिल्लो केही दिनको तुलनामा सोमबार पुनः संक्रमणदर उकालो लागेको हो । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणका आधारमा संक्रमणदर बढेर १५।४८ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार संक्रमणदर ९.४२ प्रतिशत र शनिबार ८.३१ प्रतिशत थियो । साउनको सुरुदेखि नै उकालो लागेको संक्रमण सबैभन्दा धेरै १७ प्रतिशत पुगेको छ । दैनिक गरिएको नमुना परीक्षणका आधारमा दैनिक संक्रमणदर थपघट भए पनि कोभिड संक्रमण पछिल्लो लहरको तुलनामा जोखिमयुक्त नदेखिएको चिकित्सकले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको