महिलालाई सुन्दरताको सामग्रीसँग तुलना नगरौँ

देवी काफ्ले
३० श्रावण २०७९, सोमबार
महिला जन्मैदेखि महिला हुदिँनन् । हुर्कंदै बढ्दै जाने क्रममा महिला बन्छिन् । एक बालकले जो आफ्नो लागि अवस्थित छ, सायद नै आफुलाई लैंगिक रुपमा बुझ्दछ । केटी होस् वा केटा उसले आँखा, हात, कान तथा अन्य अंगहरुद्वारा संसारलाई चिन्दछ, बुझ्दछ, आफ्नो लिंगको माध्यमले होईन् । केटा होस् वा केटी जन्मको प्रबृत्ति, नाटक र आमाको कोखबाट निस्कने पीडा दुबैमा समान हुन्छ । दुबैको संम्वेदनालाई बस्तुजगतको आवश्यकता पर्दछ । उनीहरु समानरुपले आमाको कोमल मांशलतामा यौनगत सन्तुष्टि खोज्दछन् । केटी होस् वा केटा होस् दुबैले आफुभन्दा ठूलाको माया पाउनका लागि लोभ्याउने र आफुतिर आक्रर्षित गर्ने उपाय खोज्छन् । बाल्यकालमा केटी पनि केटा अनि आफ्ना दाजुभाई जस्तै आमासँग आक्रामक रुपमा खेल्छन् ।
लगभग ११/१२ बर्षसम्म केटी पनि आफ्नै दाजुभाइ जस्तै मजबुत हुन्छे । यतिबेलासम्म मानसिक शक्ति पनि दाजुभाईको जस्तो मजबुत नै हुन्छ ।
जब उमेर बढ्दै जान्छ शारीरिक बनावटमा परिवर्तन हुनु स्वाभिक नै हो । परिवर्तन हुँदै जान्छ । केटाहरुको श्वर धोद्रो हुने, जुँगाका रेखी बस्ने हुनथाल्छ । केटीहरुमा रजस्वला हुने, शरिरिक अँग जस्तैः स्तन बढ्ने हुन्छ । यतिबेलासम्म त हामी छोरीहरुलाई धेरै कुराहरुमा पावन्दी लगाउन शुरु गरिसकेका हुन्छौँ ।
जब उमेर बढ्दै जान्छ शारीरिक बनावटमा परिवर्तन हुनु स्वाभिक नै हो । परिवर्तन हुँदै जान्छ । केटाहरुको श्वर धोद्रो हुने, जुँगाका रेखी बस्ने हुनथाल्छ । केटीहरुमा रजस्वला हुने, शरिरिक अँग जस्तैः स्तन बढ्ने हुन्छ । यतिबेलासम्म त हामी छोरीहरुलाई धेरै कुराहरुमा पावन्दी लगाउन शुरु गरिसकेका हुन्छौँ । हिड्दा, खाँदा, बोल्दा, हाँस्दा कतिसम्म भनेर एउटा सिमा तोकिदिन्छौँ। अनी केटीलाई सबैभन्दा कमजोर पार्ने शुत्र लगाईदिन्छौँ । जुन शुत्र प्रयोग गरेपछि उँ बिस्तारै महिला बन्ने गोरेटोमा लागिसकेकी हुन्छे। रजस्वला हुंदा पुरुषको र सूर्यको मुख देख्न हुदैन भनेर अँध्यारो कोठामा लुकाईन्छ । जुन उसको स्वास्थ्यको लागि कदापी उचित होईन् । अझ हाम्रो केही भू–भागमा त छाउ राख्ने भनेर घरदेखि टाढाको गोठमा लगेर राखिन्छ । जसलाई परम्पराको रुपमा लिन् गरिन्छ । यस्ता सिमारेखाहरु केटामा लागू हुदैँन् ।
सानैदेखि केटीलाई डल अर्थात् खेलौनाकी परी बनाईन्छ । रंगीचंगी लुगा, चुरा, माला, गाजल, टीका, रङ्गीचङ्गी रिवन डोरीले सजाईदिएर राम्री बनाउने होडबाजी लगाईन्छ ।
केटीहरुलाई सानैबाट महिला बनाउन हाम्रा कृयाकलाप धेरै महत्वपूर्ण रहन्छ । सानैदेखि केटीलाई डल अर्थात् खेलौनाकी परी बनाईन्छ । रंगीचंगी लुगा, चुरा, माला, गाजल, टीका, रङ्गीचङ्गी रिवन डोरीले सजाईदिएर राम्री बनाउने होडबाजी लगाईन्छ । संसारकै सुन्दर वस्तुसँग दाँजेर उसलाई फुरुङ्ग पार्ने गरिन्छ । उमेर विकास क्रममा केटीलाई आमाको आँचलमा लुटपुटिनु, पिताको मायालु हातले शीरमा सुमसुम्याउनु जस्ता ब्यवहारले उसले सहारा अनि सुरक्षा पाएको महसुस गर्छे । जब कि, केटाहरु यस्तो खालको ब्यवहारलाई नाटक जस्तो मान्छन् । बिस्तारै उनीहरु कठोर बन्दै गईरहेका हुन्छन् । यता केटीलाई डल बनाईरहँदा केटालाई मानिस बन्न भनिन्छ । क्रमिक रुपमा यी ब्यावहारले केटीहरु अलि अलि गर्दै परनिर्भर जस्तै बन्न थालेँ । सुन्दरी बन्ने चाहना बढ्दो रह्यो ।अरुले सुन्दरी भनिदिँदा मनमा आनन्द महशुस गर्ने, प्रफुल्लित हुने स्वभाव बढ्दो रह्यो । उनीहरुमा सुन्दरी बन्ने चाहनाले आफ्नो भित्री सुन्दरतालाई कुल्चिदिएर बजारी वस्तुलाई मुहुर्त बनाउन थालेँ । मानसिक शक्ति सुन्दरताको बजारमा हल्का बन्छ भन्ने बिचारबाट अचेतनातर्फको भाव बलियो भयो ।
जुन अर्तिउपदेश केटीलाई दिईयो त्यहि उपदेश केटालाई दिइएन् । केटीलाई खानदेखि लिएर बोल्न हिड्नसम्म सिमारेखा कोरिए । तर, ती सिमारेखा केटालाई कोरिएन् । केटालाई मर्द, मानिस बन । लोग्ने मान्छे बन । तिमी कठोर हुनुपर्दछ ।
बिकसित हुने क्रममा सिकाईएका कतिपय हाम्रा क्षीण सन्देशले पनि केटीहरुलाई महिला बनाउन मद्दत गर्यो । जुन अर्तिउपदेश केटीलाई दिईयो त्यहि उपदेश केटालाई दिइएन् । केटीलाई खानदेखि लिएर बोल्न हिड्नसम्म सिमारेखा कोरिए । तर, ती सिमारेखा केटालाई कोरिएन् । केटालाई मर्द, मानिस बन । लोग्ने मान्छे बन । तिमी कठोर हुनुपर्दछ । घरपरिवार,समाज, देशका साथै तिमीले आमा दिदीबैनी, पत्नी, छोरीको रक्षा गर्नुपर्छ भनेर सिकाइयो । तर, केटीलाई तिमी त कोमल हृदयकी, सुन्दरी, लजालु, शान्त बत्तीस लक्षणयुक्त असल नारी बन्नुपर्छ भनियो । तिम्रो रक्षार्थ बाबा, दाजुभाई, पति अनि छोरा हुनेछन् भनियो
। तर, उसलाई तिमी आफ्नो सुरक्षा आफै गर्न सक्छौ । तिमीमा पनि आँट साहस हुनुपर्छ र छ त्यसको प्रयोग गर्नुपर्छ । समयपरिस्थिति अनुसार आईलाग्ने माथि जाईलाग्नु पर्छ भनेर सिकाइएन् । उनलाई सिकाइयो त केवल पति परमेश्वरको सेवामा जुट्नुपर्छ । सहनशिल हुनुपर्छ । दुईचार अत्याचार त सहेर बस्नुपर्छ भनेर सिकाइयो । सोही सिकाईं नै आज हाम्रो संस्कार बन्यो । त्यहि संस्कार अनुसार आज पनि केटी महिला नै बनिरहेका छन् । अर्थात्, तिनै सजिएर पतिको अगाडि जानुपर्ने, सुन्दरी देखिनु पर्ने अनि बस्तु जसरी प्रस्तुत हुनुपर्ने ब्यवहार हाबी भयो ।
सानैदेखि केटीलाई डल अर्थात् खेलौनाकी परी बनाईन्छ । रंगीचंगी लुगा, चुरा, माला, गाजल, टीका, रङ्गीचङ्गी रिवन डोरीले सजाईदिएर राम्री बनाउने होडबाजी लगाईन्छ । संसारकै सुन्दर वस्तुसँग दाँजेर उसलाई फुरुङ्ग पार्ने गरिन्छ ।उमेर विकास क्रममा केटीलाई आमाको आँचलमा लुटपुटिनु, पिताको मायालु हातले शीरमा सुमसुम्याउनु जस्ता ब्यवहारले उसले सहारा अनि सुरक्षा पाएको महसुस गर्छे । जब कि, केटाहरु यस्तो खालको ब्यवहारलाई नाटक जस्तो मान्छन् ।
मानवलाई आचरणको निर्देशन गर्ने धेरै बिधिबिधानहरु छन् । मनुसंहिता मानव जातीका लागि त्यस्तै बिधिनियम हो । आजसम्म पनि हिन्दुहरु मनुस्मृति कै अनुशरण गर्दछन् । मनुस्मृतिमा लेखिएका बीधिहरु भागवत गीतामा समेत उल्लेख गरिएका छन् । मनुस्मृतिमा लेखिएको छ ‘स्त्रीहरुलाई स्वतन्त्रता प्रदान गरिनु हुदैँन्’ भनेर । स्त्रीलाई बालकसँग दाँजिएको छ । स्वतन्त्रता नदिनुको अर्थ दास बनाउनु थिएन् । स्त्रीलाई स्वतन्त्रता दिइयो भने संसारको सामाजिक स्थिति सुधार हुदैन् भन्ने मान्यता थियो । सोही अनुरुप स्त्रीलाई बाल्यकालमा पिताद्वारा, यौवनावस्थामा पतिद्वारा र बृद्धअबस्थामा छोराद्वारा संरक्षण दिनुपर्छ भन्ने लेखियो । आज पनि मनस्मृति अनुशरण गर्नेहरुमा एक किसिमको छाप बस्यो । त्यहि छाप आजसम्म पनि पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएको छ ।
धार्मिक ग्रन्थ अनुसार छोरीलाई ज्ञान र शिक्षा आर्जन अधिकारबाट बन्चित गराइयो । बेद, भागवत पढ्न हुदैन् भनियो । ती ग्रन्थहरुबाट महिला पात्रहरु अगाडी उभ्याइयो । जसको अनुशरण गरि उनीहरु जस्तै बनुन् ।
छोरीलाई महिला बनाउनमा हाम्रा धार्मिक ग्रन्थ अगाडी नै छ । धार्मिक ग्रन्थ अनुसार छोरीलाई ज्ञान र शिक्षा आर्जन अधिकारबाट बन्चित गराइयो । बेद, भागवत पढ्न हुदैन् भनियो । ती ग्रन्थहरुबाट महिला पात्रहरु अगाडी उभ्याइयो । जसको अनुशरण गरि उनीहरु जस्तै बनुन् । छोरीलाई सीता, सति सावित्री, मन्दोदरी, गोमा जस्ता बन्नुपर्छ भनियो । तर, म्याडम क्युरी, जुन्को तावेइ, योगमाया, गार्गी बन भनेर जोडबल दिईदैन् । संस्कृति, साहित्य, धर्मशास्त्रबाट उनीहरुलाई छोराजस्तो आँटिलो, आक्रामक, जिम्मेवार बन्न पर्खाल लाग्यो ।
सिनेमा, सुन्दरी प्रतियोगिताले महिला शसक्त नदेखाउने अर्थात परनिर्भर हुनुपर्ने वास्तविकतामा जोड दिएको हुन्छ । यसले त झन् छोरीलाई बाह्य आवरणको सुन्दरताका लागि हौस्याएको हुन्छ । यसकारण पनि उनीहरु महिला बन्दै जान्छन् ।
गौण कुरा त के भने छोरी जन्मदादेखि नै परायाको धन मान्ने हाम्रो संस्कारले सम्पत्तिको हकबाट बन्चित गरिदियो । त्यसबेला उँ पुरुष सरह मानव पनि हुँदिनन् । यस कारणले पनि छोरी महिला बन्दै जान्छे । जन्म दिने बाबुको घरमा त उँ पराया हुन्छे, भने पछि सम्बन्ध बनाएको घर कसरी बन्ला आफ्नो ? प्रश्न मनमनै गर्छे । तर, ब्यक्त गर्दिन किनकी छोरी सृष्टि हो । पृथ्वी हो । उसले सहनु पर्छ भन्ने मानसिकता बोकेकी हुन्छे।
हामी अर्काको मुखबाट आफ्नो बाहिरी सुन्दरताको बयान सुन्न चाहान्छौँ । त्यसैमा सफल ठान्छौं र त आज पनि बजारिया बस्तुको प्रभावमा छौँ । बजारिया बस्तुले हाम्रो भित्री सुन्दरताको खिल्ली उडाउँदा हामी हर्षबिभोर हुन्छौँ । छोरी वयस्क बनिसकेपछि सुन्दरी बन्न लालायित हुन्छन् ।
जुन सिक सिकाइयो । त्यसको प्रभाव आज पनि हामी महिलामा आज प्रचुर मात्रामा छ । त्यही सिकाई आज पनि हामी छोरीहरुलाई दिईरहेका छौं । हामी अर्काको मुखबाट आफ्नो बाहिरी सुन्दरताको बयान सुन्न चाहान्छौँ । त्यसैमा सफल ठान्छौं र त आज पनि बजारिया बस्तुको प्रभावमा छौँ । बजारिया बस्तुले हाम्रो भित्री सुन्दरताको खिल्ली उडाउँदा हामी हर्षबिभोर हुन्छौँ । छोरी वयस्क बनिसकेपछि सुन्दरी बन्न लालायित हुन्छन् । उनलाई उनको सुन्दरता के हो ? चिनाउने बजारिया सामान हैन् । उनी भित्रको क्षमता, कुशलता, आँट हो भनेर किन नसिकाउने ?