२२ फाल्गुन २०७७, शनिबार

काठमाडौंमा ७३७ सहित देशभर १५३९ कोरोना सङ्क्रमित थपिए



३१ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकामा ७ सय ३७ सहित बुधबार देशभर १५ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए । यो संख्या अहिलेसम्मकै उच्च हो ।

काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना गरी उपत्यकामा ७३७ सङ्क्रमित थपिएका हुन् । प्रवक्ता गौतमका अनुसार आज थपिएकासहित हालसम्म ५८ हजार ३ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत १ हजार ६८ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमितको संख्या १६ हजार २ सय ४२ छ । जम्मा सङ्क्रमित संख्यामध्ये निको हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु