१५ आश्विन २०७९, शनिबार

निर्वाचन आयोगमा दर्ता हुनेमा सिके राउतको जनमत पार्टी पहिलो



काठमाडौं । आगमी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका पहिलोमा सिके राउतको जनमत पार्टी दर्ता भएको छ । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहँदा हालसम्म निर्वाचन आयोगमा ४० वटा दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ उनले भने,‘अझैँ दल दर्ता गर्ने समय बाँकी रहेकाले अन्य दलहरु पनि दर्ताका लागि आउँलान् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको