१४ आश्विन २०७९, शुक्रबार

कर्णालीका उद्योगमन्त्रीको मन्त्री पद सकियो, यी हुन आंकाक्षी




सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को पदावधि सोमबार सकिएको छ । २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका गैरसांसद लामाको पदावधि सकिएको हो ।
प्रदेश वा संघमा सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीले लामालाई मन्त्रीमा सिफारिस गरेको थियो ।
नेकपा माओवादी केन्द्रले उद्योग मन्त्री अब कसलाई बनाउने भन्ने विषयमा सोमबार नै छलफल पनि गरेको थियो । छलफलबाट निश्कर्ष भने निस्किएन । संसदीय दलले नाम सिफारिस गर्ने जिम्मा नेता महेन्द्रबहादुर शाहीलाई दिएको छ ।
कर्णालीमा माओवादीका ११ जना सांसदमध्ये मन्त्री बन्न बाँकी रहेका जाजरकोटका कृष्णा शाह, रुकुम पश्चिमका रातो कामी र डोल्पाका बिरबहादुर शाही छन् । उनीहरुले मन्त्री बन्नका लागि पार्टीमा लविङ्ग गरिरहेको उनीहरुबाट नै एक जना मन्त्री हुने माओवादीका एक नेताले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको