१४ आश्विन २०७९, शुक्रबार

संघ र प्रदेशको निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता



संघ र प्रदेशको निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने आम निर्वाचनको चटारो सुरू भएको जनाएको छ । निर्वाचनको दिन नजिकिँदै जाँदा तयारीका काम तीव्र बनाइएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका पनि स्वीकृत भएको छ ।

कार्यतालिका अनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने भएको छ ।

उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न झण्डै एक महिना लाग्ने जनाएको छ । यस्तै, असोज ११ गते निर्वाचन अधिकृत नियुक्त, २१ गते कार्यालय स्थापना गर्ने कार्यतालिका छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।्


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको