स्थानीय तह निर्वाचनमा कर्णालीका १० जिल्ला : वडाअध्यक्षमा कसको मत कति ?
सुर्खेत । नजिकिदैँ गरेको संघीय तथा प्रदेश तहको निर्वाचन आउँदै गर्दा सबैको चासो बढेको छ । दलहरूले गठबन्धन÷उपगठबन्धन बनाउने र त्यसबाट आफूले धेरै हिस्सा लिने प्रयास गरिरहेका छन् । कर्णाली प्रदेशका १२ वटा संघीय निर्वाचन र २४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन् ।
यस सन्दर्भमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दलका वडाध्यक्ष उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सिट संख्यामा कसको हैसियत कस्तो होला भन्ने केलाउने प्रयास गरेको छ । कर्णालीमा एक्लाएक्लै लड्दा कुन÷कति निर्वाचन क्षेत्रमा कुन दल अगाडि देखिन्छन् । दलहरूबीच जारी गठबन्धन निर्माणका बहुवार्तामध्ये कुन विकल्पले मूर्तता पाउँदा गठबन्धनमा रहने र नरहने दलहरूको हैसियत कस्तो होला ।
स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १२ क्षेत्रमा दलहरुको स्थिति हेर्दा दलहरु एक्लैएक्लै चुनाव लडेमा माओवादी केन्द्र, नेपाली कांग्रेस पाँच निर्वाचन क्षेत्र र नेकपा एमाले चार÷चार निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका थिए ।
माओवादी केन्द्रले कालिकोट, हुम्ला, रुकुमपश्चिम र डोल्पामा वडा अध्यक्षको मतमा अग्रता लिएको थियो । नेपाली कांग्रेस जुम्ला, दैलेख क्षेत्र नं. १ सल्यान, मुगु र सुर्खेत क्षेत्र नं. १ मा वडा अध्यक्षको मतमा अगाडी देखिएको छ । एमाले दैलेख क्षेत्र नं. २, सुर्खेत क्षेत्र नं. २ र मुगुमा अगाडी देखिएको छ ।
कालिकोटमा वडा अध्यक्षको मतमा माओवादी केन्द्र १८ हजार ३ सय ४७, कांग्रेस १२ हजार ८ सय २०, एमाले १२ हजार ६ सय १३, एस ३ हजार ५ सय ३ र राप्रपा ५ सय ८० मत पाएका थिए ।
जुम्लामा कांग्रेस १६ हजार ७५, माओवादी केन्द्र १४ हजार १ सय ७५, एमाले ६ हजार ९ सय ६२, एस ६ हजार १ सय ९५ र राप्रपा ५ सय १४ मत पाएका थिए ।
डोल्पामा माओवादी ४ हजार ८ सय ५५, एमाले ४ हजार ५ सय ४५, कांग्रेसले ३ हजार ६९, एस १ हजार ३ सय ३४ मत पाएका थिए ।
दैलेख क्षेत्र नं. १ मा कांग्रेस २० हजार ३ सय ४४, एमाले १९ हजार ६१, एस ५ हजार ५ सय २९, माओवादी ३ हजार १ सय ७५ र राप्रपा ९ सय ७६ मत पाएका थिए ।
दैलेख क्षेत्र नं. २ मा एमाले २१ हजार ७६, कांग्रेस १९ हजार ७ सय ८६, माओवादी ५ हजार ७ सय ५५, एस ८ सय ३० र राप्रपा ३ सय २१ मत पाएका थिए ।
मुगुमा कांग्रेस ८ हजार ९ सय ४९, एमाले ९ हजार ८ आठ ९४, माओवादी ३ हजार ८ सय ७६ र एस १ हजार ४ सय ८५ मत पाएका थिए ।
रुकुम पश्चिममा माओवादी ३७ हजार १ सय २, कांग्रेस २६ हजार ६ सय २०, एमाले ६ हजार १ सय २४, एस १ सय ३० र राप्रपाले १ सय ८ मत पाएका थिए ।
सल्यानमा कांग्रेस ३३ हजार ६ सय १६, माओवादी २६ हजार ७ सय १३, एमाले २६ हजार ६ सय २८, एस ९ हजार ४ सय ६७ र राप्रपाले २ हजार १ सय १७ मत पाएका थिए ।
सुर्खेतमा क्षेत्र नं. १ मा कांग्रेस ३६ हजार ९ सय २८, एमाले ३४ हजार ८ सय ४३, माओवादी ५ हजार ७५, राप्रपा ६ सय ६४ र एस ६ सय ३४ मत पाएका थिए ।
सुर्खेत क्षेत्र नं. २ मा एमाले ३० हजार ४ सय ६९, कांग्रेस २९ हजार ५ सय ४०, माओवादी ११ हजार ६ सय ६१, राप्रपा ३ हजार ४ सय ९७ र एस २ हजार ६२ मत वडा अध्यक्षमा पाएका थिए ।
हुम्लामा माओवादी ६ हजार ४ सय ९३, एमाले ६ हजार १ सय ४७, कांग्रेस ४ हजार ७ सय ६४ र एस ८ सय ८८ मत पाएका थिए ।
जाजरकोटमा एमाले २४ हजार ४, कांग्रेस २२ हजार ३ सय ४२, माओवादी १८ हजार ६ सय २२, एस २ हजार ३ सय ३४, राप्रपा १ सय ३४ र जसपा २४ मत पाएका थिए ।