१४ आश्विन २०७९, शुक्रबार

२७ वटा लडाकु विमान ताइवानको रक्षा क्षेत्रमा प्रवेश




काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको विवादित भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा सैन्य अभ्यासको तयारी गरिरहेको छ ।

चीनले आफ्नै प्रान्त मान्दै आएको ताइवानमा अमेरिकी सभामुख पेलोसीले भ्रमण गरेपछि चीनले त्यसको जवाफमा पाँच दिनको व्यापक सैन्य तयारी गरेको छ । तालिम आजदेखि सुरु हुँदैछ ।

पेलोसीको भ्रमणको जवाफमा पाँच दिनको आवश्यक र उचित सैन्य अभ्यासको घोषणा गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

२७ वटा चिनियाँ लडाकु विमानहरुले तालिम अघि नै आफ्नो वायु रक्षा क्षेत्रमा प्रवेश गरेर सीमा मिचिसकेको ताइवानले दाबी गरेको छ ।

चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र लामो दुरीको लाइभ गोलाबारुद शूटिङ समावेश गर्ने बताएको छ।

ताइवानले जहाजहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ र छिमेकी जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको छ ।

ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले देशले चीनले जानीजानी बढाएको सैन्य खतरा को सामना गरिरहेको बताएकी छिन् ।

तनाव बढ्दै गएपछि धनी देशहरुको संगठन जी सेभेनका देशहरु क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका विदेश मन्त्रीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै चीनको बढ्दो तनावले यो क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको