२० जेष्ठ २०८०, शनिबार

छोरी नाप्ने यन्त्र





आफ्नो बाटो हिँडिरहेकी हुन्छु
साइटबाट एकतमास हेरिरहेको
छ हेरिरहेको छ ।
म आफुलाई किन असुरक्षित ठान्छु
आखिर खुट्टा त सबैका छन्
किन मेरै खुट्टामा नजर ?
दुरबाट उनीहरुका आँखाबाट
मेरा खुट्टा नापिन्छन्
मैले लगाएका लुगा नापिन्छन्
नितम्ब नापिन्छन्
मेरा स्तन नापिन्छन्
म सो पिस त हैन नि
न त म डमी नै हुँ
आखिर किन ? म
म छोरी हुँ ।
म हिड्छु मेरा पाइला नापिन्छन्
कमिजको बाउला नापिन्छ
स्कर्टको लम्बाई नापिन्छ
भित्री वस्त्र नापिन्छ
किन ? म छोरी हुँ ।

बक्र दृष्टिले मेरो सबै नापिन्छ
नापिन्छ मेरो मनको त्रास
अनि नापिन्छ मेरो शरीर
नापिन्छ मेरो यैनी
अनि नापिन्छ
मेरो ईज्जतको टीका ।

सामजसँग इन्चटेप छ
मेरो इज्जत नाप्ने
निवेदन उपर बहस
अनि पिडितको बयान
नापिन्छ अब अदालतमा
वकिलले छरपष्ट मेरो शरीर
कसरी लुछियो नापी नापी सोध्छन् ।
सांघुरो कोल्टे बाटोको कोप्चामा
मेरो आवाज हरायो
मेरो उर्लेको रगत
शिताङ्ग भयो ।
ओहो छोरी नाप्ने यन्त्र
किन छरपष्ट ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको