१४ आश्विन २०७९, शुक्रबार

कोहलपुरमा श्रीमान श्रीमाती मृत अवस्थामा भेटिए




नेपालगञ्ज । काँकेमा श्रीमान श्रीमाती मृत अवस्थामा फेला परेका छन । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा आफ्नै घरमा सुतेको अवस्थामा २५ वर्षिया कृष्णकुमार गडरिया र उनकै श्रीमती २३ वर्षिया अञ्जली गडरिया मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरुको करिव १ वर्ष पहिला विवाह भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले घरमै सुतेको अवस्थामा बिहान नउठेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुग्दा मृतक कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट रहेको र उनी रगताम्य अवस्थामा भेटिएको साथै उनकी पत्नी अञ्जली उत्तानो अवस्थामा रहेको जनाएको छ ।

प्रहरी नायव उपरिक्षक न्यौपाने सहितको टोली घटनास्थलमा पुगेर स्थलगत मुचुल्का गरी मृतक दाम्पतिको शव पोष्टमार्टमको लागि भेरी अस्पतालमा पठाएको बताए । ‘घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको छ । यसको गहन अनुसन्धानमा जुटि सकेका छौ । पोष्टमार्टम रिर्पोट आएपछि पनि घटनाको थप उजागर हुनेछ । घटनास्थल र शवको अवस्था हेर्दा आत्महत्या जस्तो देखिदैन ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको