९ आश्विन २०७९, आईतवार

कर्णालीका मुख्यमन्त्री शाहीले गरे ‘गोरेटो बार’ उद्घाटन




सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगरमा एउटा ‘गोरेटो बार एण्ड रेस्टुरेन्ट तथा लाईभ म्युजिक बार’को उद्घाटन गरेका छन् । मुख्यमन्त्री शाहीले बिहीबार ‘गोरेटो बार एण्ड रेस्टुरेन्ट तथा लाईभ म्युजिक बार’को उद्घाटन गरेका हुन् ।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सुर्खेतका सह–सचिवसमेत रहेका कलाकार हरि बिष्टले ‘गोरेटो बार एण्ड रेस्टुरेन्ट तथा लाईभ म्युजिक बार’को सञ्चालनमा ल्याएका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै शाहीले कर्णालीको समग्र विकासका लागि ‘गोरेटो बार एण्ड रेस्टुरेन्ट तथा लाईभ म्युजिक बार’ले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘अहिले पनि कर्णाली आउने पाहुनाहरुले गुनासो गर्ने गर्दछन्, यहाँ राम्रो होटल छैन । आरामदायी स्थान छैन ।’ उनले भने,‘अब यो गुनासो गोरेटोले कम गर्ने विश्वास लिएको छु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको