२४ श्रावण २०७९, मंगलवार

रामकुमारी झाँक्री के महिलाको मात्रै पार्टी बनाउन लागेकी हुन् ?




काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बराम्बार महिला पार्टीको प्रसंग उठाउने गरेकी छन् । पार्टीले उनीलगाएतमा मन्त्रीलाई फिर्ता बोलाएपछि महिलाको मात्रै महिलाको मात्रै अलग्गै पार्टी बिषयमा बोल्ने तथा लेख्ने गरेकी छन् ।

उनलाई मन्त्रीबाट फिर्ता हुने विषयमा पार्टी अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बुधबार राति भेट भएको थियो । त्यहाँ पनि उनले अध्यक्ष सामु महिलाको मात्र पार्टी बनाउनु पर्ने हो ? भनेर प्रश्न गरेकी थिइन् ।

केही दिन अघि ट्विट गर्दै उनले फिलिपिन्सको एक पार्टीको नाम लिइन्– द ग्याब्रिएला वुमन्स पार्टी । ‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ । यसमा बहस र प्रतिक्रिया जनाउनुहोस् ।’ ट्विट गर्दै भनिन्, ‘ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतीशील राजनीतिक पार्टी हो। जसले महिलाको विषय र प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्वका विषयमा वकालत गर्छ ।’

एकीकृत समाजवादीको मन्त्री फिmर्ता बोलाउने चुनावी समिक्षा गर्नका लागि बैठक बसिरहेको बेला उनले पुन रवि लामिछाने खोलेको पार्टीका बिषयमा बहस भइरहेको र फिलिपिन्सको द ग्याब्रिएला वुमन्स पार्टी बिषयमा बहस गरौ भने सामाजिक सञ्जाल फेसबुकमा लेखेकि छन् । ‘केही दिन अघि रवीजीले नेपाल स्वतन्त्र पार्टी नाम राखेर पार्टी खोलेपछि स्वतन्त्र शब्द राखेर पार्टी बनाउन नहुने भन्ने बहस चलिरहेको छ ।’ उनले भनेकी छन्,‘नाम, प्रगतिशील सिद्धान्त र कार्यक्रम भएका पार्टीहरूको नामको लिष्ट बनाएर गुगल सर्च गरें अनि यो तलको पार्टीको नाम भेटें, सिद्धान्त पढेपछि मलाई मन पर्यो सार्वजनिक बहस गरौ न भन्ने ठानेर रूची हुने साथिहरूको लागि पोष्ट गरेको हुँ । यो पोष्टसंग मेरो कुनै योजना जोडिएको विषय भने होईन ।’

उनले अंग्रेजीमा लेखेकी छन् । “The Gabriela Women’s Party (General Assembly Binding Women for Integrity, Reform, Equality, Leadership and Action) or simply GABRIELA, is a progressive Filipino political party that advocates for women’s issues and represents Filipino women in the House of Representatives.” ‘गेब्रिएला महिला पार्टी (जनरल एसेम्बली बाइन्डिङ वुमन फर इन्टिग्रिटी, रिफर्म, इक्वलिटी, लिडरशिप एण्ड एक्शन) वा केवल ग्याब्रिएला एक प्रगतिशील फिलिपिनो राजनीतिक पार्टी हो । जसले महिला मुद्दाहरूको वकालत गर्दछ र प्रतिनिधि सभामा फिलिपिन्स महिलाहरूको प्रतिनिधित्व गर्दछ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको