२४ श्रावण २०७९, मंगलवार

नेकपा(एकीकृत समाजवादी) सांंसदमा ४० प्रतिशत पुग्यो, के पार्टी फुट्ला ?




काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का २३ जना सांसदहरुमध्ये पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय बिरुद्ध हस्ताक्षर गरेका गरेका छन् । यो कायम रहेको एकीकृत समाजवादीको ४० प्रतिशत हो

नेपालको संबिधानमा पार्टी विभाजन गर्नका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिन्छ । एसका १० सांसदहरुले पार्टीको निर्देशन विपरित हस्ताक्षर गरेपछि पार्टी फुटाउनका गण संख्या पुगेको छ । उनीहरुको संख्या ४० प्रतिशतभन्दा बढी भएको छ ।

उनीहरूले संसदीय दलको बैठक माग गरेका छन् । संसदीय दलको बैठकमा उनीहरुले त्योभन्दा बढी संख्या बनाउन सक्छन् ।

तर, अहिले नै पार्टी विभाजन नभएपनि १० जना सांसदहरुले हस्ताक्षरले पार्टी फुटाउनका लागि संसदीय दलमा गणपुरक संख्या भने पुगेको छ । एकीकृत समाजवादीमा विवाद बढेका बेला संसदीय दलमा ४० प्रतिशत पु¥याएर पार्टी नेतृत्वलाई दवाव निकै परेको सजिलै अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको