२४ श्रावण २०७९, मंगलवार

नेकपा (एकीकृत समाजवादी)का मन्त्रीसहित १० सांसद अध्यक्ष नेपालकाे निर्देशन नमान्ने पक्षमा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का चार जना मन्त्रीसहित १० जना सांसदहरूले अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन् । पत्रमा उनीहरुले अध्यक्ष नेपालले मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल बैठक बोलाउन माग गरेका हुन् ।

उनीहरूले पार्टी अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने, पुराना र नयाँको सन्तुलन नमिलाएको, बजेट पारित नहुँदै मन्त्री फेर्न प्रधानमन्त्रीलाई दबाब दिएकोलगायतमा विषयमा उनीहरूले आपत्ति जनाएका हुन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसदहरुमा कृष्ठलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी,पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीले मन्त्रीहरुलाई फिर्ता बोलाउन पटक पटक ताकेता गर्दै आएको छ । मन्त्रीहरु पार्टी निर्णय मान्न अस्वीकार गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको