१४ आश्विन २०७९, शुक्रबार

साडियो माने बायर्न म्युनिखमा अनुबन्धित




एजेन्सी । सेनेगलका स्टार स्ट्राइकर साडियो माने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।

बायर्नले मानेलाई इंग्लिस क्लब लिभरपुलबाट ३५।१ मिलियन पाउण्डमा तीन वर्षका लागि अनुबन्ध गरेको हो । लिभरपुलसँगको एक वर्ष सम्झौता बाँकी छँदै माने बायर्नमा अनुबन्ध भएका हुन् ।

माने सन् २०२५ सम्म बायर्नमा रहनेछन् । बायर्नमा आबद्ध भएपछि मानेले आफूले नयाँ चुनौती सामना गर्न बायर्नलाई रोजेको बताएका छन् ।

सन् २०१६ मा साउथह्याम्टनबाट ३४ मिलियन पाउण्डमा लिभरपुलमा आबद्ध भएका मानेले २६९ खेलमा १२० गोल गरेका छन् । लिभरपुललाई च्याम्पियन्स लिग र प्रिमियर लिग जिताउन महत्त्वपूर्ण भूमिका पनि मानेले निभाएका थिए ।

मानेले गत सिजन लिभरपुलबाट २३ गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको