कालिकोटको महाबैमा गएको पहिरोमा परी एउटै परिवारका ६ को मृत्यु
३० साउन, काठमाडौं । कालिकोट जिल्लाको माहबै गाउँपालिका वडा नम्बर ३ नकुमा गएको पहिरोमा परी एउटै परिवारका ६ सदस्यको मृत्यु भएको छ । मध्यरात खसेको पहिरोले वडा सदस्य रजबहादुर बिष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंह अनुसार वडा सदस्य विष्टका २ छोरा, २ छोरी, उनका दाजु डिल बहादुर विष्टका २ छोरीसहित ६ जनाको मृत्यु भएको छ । स्वकीय सचिव सिंहले आफु घटनास्थलमा उद्दार कार्यमा खटिएको जानकारी दिए ।
तर पहिरोमा परी मृत्यु हुनेहरु एउटै घरका ४ जना सदस्य र २ जना छिमेकी भएकोले उनिहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।