१४ फाल्गुन २०७७, शुक्रबार

क्युवाली कृषिले देखाएको बाटो


डा. कृष्णप्रसाद पौडेल
३१ भाद्र २०७७, बुधबार

नेपालमा कृषि क्रान्तिको उस्तै सपना बाँड्ने राजनीतिक नेतृत्व अहिले सत्तासिन छ र रातोदिन समृद्धिको रटान लगाइरहेको छ । तर नेपालको दीर्घकालीन कृषि रणनीति कृषिलाई व्यावसायिक बनाउने नाममा एक किसिमले विपरीत दिशातिर दगुरिरहेको छ भन्नेबारे भने यो सरकार बिल्कुलै बेखबर देखिन्छ । त्यसलाई सच्याउन क्युवाको यो अनुभव निकै उपयोगी हुनेछ भन्ने आस गर्न सकिन्छ । निश्चय नै नेपाल र क्युवा पृथ्वीका फरक फरक पाटामा पर्छन् । एउटामा दिन हुँदा अर्कामा रात हुन्छ । यिनको भूगोल र पर्यावरणिय विशेषता तुलना गर्न पनि सकिदैन । त्यसैले पनि क्युवाले लिएको बाटो जस्ताको तस्तै नक्कल गर्न सक्दैनौ र हुदैन पनि । तर उनीहरूको अनुभवबाट सिकेर हाम्रो कृषिको भविष्य राम्रो बनाउन त सक्छौ नि !

सन् १९९० मा सोभियत सत्ता ढलेसँगै क्युवाका लागि यो दशक एक किसिमले आफैले निम्त्याएको सङ्कटलाई सम्वोधन गर्ने र कृषिले बिराएको बाटो सच्याउने अवसरको दशक थियो । कम्युनिस्ट क्रान्तिकारी नेता फिडेल क्याष्ट्रोे र उनका सहयोगीहरूले होसियारीका साथ यो सङ्कटको सामना गदै दिगो पर्यावणिय कृषिमार्फत् खाद्य प्रणाली पुर्नस्थापना गर्न सफल भए । त्यसो त उनले १९९२ मा दिगो विकासबारे संयुक्त राष्ट्र संघको रियो सम्मेलनमा गरेको भाषणमा नै आधुनिक विकासबारे उनीहरूको दुरदर्शिता झल्किन्थ्यो । पाँच दशक लामो अमेरिकी नाकाबन्दीद्वारा सिर्जित आर्थिक सङ्कटसँगै ९० को दशकमा भयानक खाद्यान्न अभाव व्यहोरेको दक्षिण अमेरिकी देश क्युवाले जैविक खेती प्रणाली र सहरी कृषिका माध्यमबाट उक्त सङ्कटको सामना गर्यो ।

त्यति लामो नभए पनि बेला–बेला लगाउने भारतीय नाकाबन्दीको सामना गर्न होस् वा हरित क्रान्ति कृषिको नकारात्मक प्रभावबाट माटो र मानव स्वास्थ्य बचाउन नेपालका लागि यो कुरा एउटा महत्वपुर्ण पाठ हो । त्यस्तै पर्यावरणीय अर्थात् जैविक खेती प्रणालीले कसरी मानिसहरूका खाद्य आवश्यकता पूरा गर्नुका साथै पर्यावरण जोगाउन र जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न सहयोग पुग्छ भन्ने कुरा थाहा पाउन क्युवालीको यो अनुभव धेरै नै उपयोगी छ । क्युवाको यो अनुभव, नेपालको कृषि क्षेत्रको रूपान्तरणका लागि भइरहेको उच्च लगानीको व्यापारिक कृषि वा स्थानीय स्रोतको उपयोगबाट साना किसानद्वारा गरिने दिगो पर्यावरणीय खेतीपाती भन्ने बहसका लागि निकै सान्दर्भिक पनि छ । स्थानीय जैविकतामा आधारित साना तथा मध्यम आकारको खेती प्रणाली कसरी आत्मनिर्भर र दिगो कृषि अर्थतन्त्रको आधार बन्न सक्छ भन्ने कुरा थाहा पाउन क्युवाली कृषि एउटा महत्वपूर्ण खुला विश्वविद्यालय हो भन्दा कुनै अतिशयोक्ति हुदैन ।

ऐतिहासिक पृष्ठभुमी

उनीहरूको अधिकतम् उत्पादन प्रणाली ‘क्यामेलोन्स’ (Camellones) भनिने तरिका थियो जसमा माटो र सोत्तर मिलाई उठाइएका ड्याङमा बिउ रोपिन्थ्यो । यो पद्धति अपनाउँदा माटोमा प्रशस्त हावा खेल्न पाउने हुनाले विरुवा स्वस्थ हुनुका साथै माटोमा रहेका सुक्ष्म जिवाणुका लागि समेत उपयुक्त वातावरण बन्ने गर्छ । यी जिवाणु नै प्राकृतिक रूपमा बिरुवाका लागि आवश्यक खानेकुरा जोहो गर्ने श्रमिक हुन् ।

क्रिष्टोफर कोलम्बसले सन् अक्टोबर २७, १४९२ मा क्युवाली भूमिमा पाइला राख्ने बित्तिकै ‘मानव आँखाले देखेको अहिलेसम्मकै सबैभन्दा सुन्दर भूमि’ भनेका थिए । यस भूभागमा ठुलो बाहामाको बाटो हुँदै आएका मिसिसिपि र फ्लोर्रिडाका इन्डियन मुलका आदिवासी १० हजार बर्ष पहिलेदेखि बसोसास गरेका थिए । पछि भेनेजुयला र अमेरिकाबाट अवाराकहरू यहाँ प्रवेश गरेका थिए । यो क्रम १४९२ सम्म नै चलिरह्यो । अरावक आदिवासीहरू करेसाबारी समेत भएको खेतीको एउटा जटिल पद्धति अपनाएका थिए जसलाई ‘कोनुको’ (conuco) कृषि भनिन्थ्यो । उनीहरूको अधिकतम् उत्पादन प्रणाली ‘क्यामेलोन्स’ (camellones) भनिने तरिका थियो जसमा माटो र सोत्तर मिलाई उठाइएका ड्याङमा बिउ रोपिन्थ्यो । यो पद्धति अपनाउँदा माटोमा प्रशस्त हावा खेल्न पाउने हुनाले विरुवा स्वस्थ हुनुका साथै माटोमा रहेका सुक्ष्म जिवाणुका लागि समेत उपयुक्त वातावरण बन्ने गर्छ । यी जिवाणु नै प्राकृतिक रूपमा बिरुवाका लागि आवश्यक खानेकुरा जोहो गर्ने श्रमिक हुन् । सौर्य शक्तिको उपयोगको आधारमा अपनाइने त्यो पद्धति अहिलेको घुर्यान (समग्र जैविक उत्पादन) ज्यादै कम हुने एकल खेतीभन्दा धेरै नै दक्षतापूर्ण र उत्पादनशील थियो ।

मकै र अन्य पोषिला कन्दमूलहरू जस्तै सिमलतरुल, सुठुनी, पिँडालु तत्कालिन आदिवासी अरावाक समुदायका मुख्य खाद्य बाली थिए । यसका साथै उनीहरू सुर्ती र कपास पनि लगाउँथे । निश्चय नै, त्यो बेलाको खेती पूर्णतः जैविक थियो । मानव श्रमबाहेक अघिल्लो सालको उब्जनीबाट जोगाएको बिउ नै खेतीको मुख्य लगानी हुन्थ्यो । आधुनिक एकल बालीभन्दा विविध खाद्य बालीको खेतीले मानिसका लागि सन्तुलित र पूर्ण पोषण उपलव्ध हुने गथ्र्यो ।

क्युवाली द्वीपमा स्पेनी साम्राज्यको प्रवेश अहिले ४९९ वर्ष पुगेको छ । त्यसपछिका शताब्दीहरूमा क्युवा दक्षिण अमेरिकी महादेशकै सदरमुकाम बन्यो । स्पेनीहरूद्वारा गरिएको स्थानीय जनसंहारसँगै अरावाकहरूको सम्पन्न मौलिक संस्कृति र कृषि प्रणालीको पनि अन्त्य भयो । अधिकांश आदिवासीहरूको संहारपछि झण्डै पाँच लाख अफ्रिकीहरू दासका रूपमा पानी जहाजमा हालेर क्युवा ल्याइए । यस पछि क्युवाली कृषि अफ्रिकी खेती परम्पराबाट निकै प्रभावित हुनपुग्यो ।

मुख्यतः क्युवामा उखु र सुर्तीको एकल खेती स्पेनी उपनिवेशकहरूले युरोप निर्यातका लागि नाफामूलक देखे । यस्तो विस्तारित नगदेवाली ऐतिहासिक रूपमा क्युवा, हाइटी तथा अन्य क्यारेवियाली टापुहरू वा ब्राजिल या अन्त कतै होस् आयातित अफ्रिकी दासतासँग जोडिएको छ । उन्नाइसौँ शताब्दीको प्रारम्भसम्ममै क्युवाको अर्थतन्त्रमा उखु खेतीको वर्चश्व स्थापित भइसकेको थियो । त्यतिबेला नै खेतीयोग्य जमिनको ठुलो हिस्सामा उखु लगाई सकिएको थियो । त्यस्तै अर्को मुख्य आर्थिक क्षेत्र भने पशुपालन थियो ।

सन् १८९८ मा संयुक्त राज्य अमेरिकाले क्युवाको स्वतन्त्रता सङ्ग्राममा हस्तक्षेप गर्दै स्पेनमाथि विजय प्राप्त ग¥यो । त्यसपछिका तीन दशकमा अमेरिकाका ठूल्ठूला चिनी व्यापारीहरूले क्युवाको धेरैजसो जमिन किनेका थिए । यी नयाँ चिनी उद्योगीहरूले आफूले किनेको जमिनमा व्यापक रूपमा उखु लगाउन थाले । त्यस्तै श्रमिकको आपूर्ति गर्न जमैका र हाइटीबाट समेत ठुलोे सङ्ख्यामा सस्तोमा आप्रवासी श्रमिकहरूलाई ल्याइयो । यी आप्रवासी मध्ये कतिलाई ज्यालाको साटो जमिनको सानो टुक्रा कमाउन दिने गरिन्थ्यो । यिनीहरू कमैया र कमलरी जस्तै कृषि श्रमिकको जिन्दगी बिताउन विवश थिए । यसरी अमेरिकी व्यापारीले जमिन किन्न थालेसँगै बिसाँै शताब्दीको पहिलो तीस वर्षमा झण्डै आधा क्युवाली ग्रामीण किसानहरूले आफ्नो जमिनबाट हात धुनु परेको थियो । कालान्तरमा यो नै क्युवाको सबैभन्दा नजिकको छिमेकी संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध चिस्याउने मुल कारण बन्यो ।

सन् १९२५ सम्ममा क्युवाको सबैजसो मैदानी भागमा उखु लगाई सकिएको थियो । विशाल चरन र फाँटहरू धेरैजसो उखुबारीमा परिणत भए भने केही पशुपालनका घाँसे मैदान र गोठमा बिस्तारित भए । त्यति बेला यी उखु खेती तथा पशुचरणका जमिनले कुल कृषि भूमिको ७० प्रतिशत भाग ओगटेको थियो । सन् १९३० ताका क्युवा संसारकै सबैभन्दा ठुलोे उखु उत्पादक मुलुक बन्योे जसले अन्तर्राष्ट्रिय बजारमा बेचिने उखुको आधा भाग ओगट्थ्योे । यो सानो टापुले संयुक्त राज्य अमेरिकाबाट ‘व्यापारमा सुविधा प्राप्त देश’को मान्यता पायो जसले क्युवाबाट मात्रै प्रति वर्ष ६० लाख टन चिनी किन्थ्यो । त्यतिबेला सम्पूर्ण क्युवाली अर्थतन्त्र, ज्याला र व्याजदर समेत चिनीको अन्तर्राष्ट्रिय बजार भाउमा अडिएको थियो ।

क्रान्तिकारी परिवर्तन र कृषिको औद्योगिकिकरण

फिडेल क्याष्ट्रोको नेतृत्वमा सत्ता कब्जा गरेको तीन महिना भित्रै नयाँ सरकारले गरेको पहिलो काम भने मे १९५९ मा जारी गरिएको ‘भूमि सुधार कानुन’ थियो । आफ्ना व्यापारीको जमिन राष्ट्रियकरण गरिने कुरा अमेरिकाका लागि असह्य कुरा थियो । यो निर्णयको बिरोध गर्दै उसले त्यो वर्ष क्युवाबाट खरिद गर्न तोकिएको कोटाको बाँकीे ७ लाख टन चिनी किन्न समेत अस्वीकार गर्यो । साथै भविष्यका चिनी आयातसम्बन्धी सबै सम्झौंताहरू रद्द गरिए । क्युवाका विरुद्ध पहिलोे चर्को अमेरिकी नाकाबन्दी ६ जुलाई १९६० बाट लागू भएको थियो । यो शक्तिशाली देशको एकमात्र उद्देश्य चाहिँ यो सानो तर उसको उर्दिमा अटेरी गर्ने देशलाई ‘इतिहासकै सबैभन्दा लामो नाकाबन्दी’ लगाएर तहसनहस पार्नु थियो ।

सन् १९५९ मा फिडेल क्याष्ट्रोको नेतृत्वमा सत्तासिन बाटिष्टा शासन पल्टाइयोे र नयाँ सरकार स्थापना भयो । सत्ता कब्जा गरेको तीन महिना भित्रै नयाँ सरकारले गरेको पहिलो काम भने मे १९५९ मा जारी गरिएको ‘भूमि सुधार कानुन’ थियो । यसले भूस्वामित्वमा हदबन्दी तोक्यो र सुकुम्बासी, मोही र भूमिहीन किसानलाई कृषि जमिन बाँडियो । सन् १९६३ मा लागू गरिएको दोस्रो भूमिसुधार कार्यक्रमअन्तर्गत २ लाख किसानलाई साना र पुनर्वितरण गरिएका जमिनका कित्ताहरूमा बसोबास गराइयो । साथै यसै अवधिमा ७० प्रतिशत ठुला उखु खेती र पशुचरण तथा गोठहरू राष्ट्रियकरण गरिए । आफ्ना व्यापारीको जमिन राष्ट्रियकरण गरिने कुरा अमेरिकाका लागि असह्य कुरा थियो । यो निर्णयको बिरोध गर्दै उसले त्यो वर्ष क्युवाबाट खरिद गर्न तोकिएको कोटाको बाँकीे ७ लाख टन चिनी किन्न समेत अस्वीकार गर्यो । साथै भविष्यका चिनी आयातसम्बन्धी सबै सम्झौंताहरू रद्द गरिए । क्युवाका विरुद्ध पहिलोे चर्को अमेरिकी नाकाबन्दी ६ जुलाई १९६० बाट लागू भएको थियो । यो शक्तिशाली देशको एकमात्र उद्देश्य चाहिँ यो सानो तर उसको उर्दिमा अटेरी गर्ने देशलाई ‘इतिहासकै सबैभन्दा लामो नाकाबन्दी’ लगाएर तहसनहस पार्नु थियो । तर अमेरिकाको यो कदमले क्युवालाई उल्टो सोभियत संघको काखतिर बलियोसँग धकेली दियो । क्याष्ट्रोका लागि यो संसारकै दोस्रोे महाशक्तिसँग बलियो नाता कायम गर्नु बाँच्नका लागि एक मात्र विकल्प रहन गयो ।

अमेरिका र यसको गठबन्धनसँग शितयुद्धको तयारीमा रहेको सोभियत संघ क्युवाको सबै चिनी अमेरिकाले भन्दा उच्च मूल्यमा किन्न राजी भयो । त्यो पनि अमेरिकाले जस्तो एकएक वर्षको करारमा होइन, पाँच वर्षसम्मका लागि सम्झौंता गरेर । यसरी एउटा यस्तो व्यापारिक सम्बन्ध स्थापित भयो जुन त्यसपछिका तीन दशकसम्म कायम रह्यो । विस्तारै विस्तारै क्युवाको सम्पूर्ण व्यापार नै सोभियत गुटका देशहरूमा केन्द्रित हुन पुग्यो । अन्तर आर्थिक सहयोग परिषद् (सिएमइए अथवा कम्युनिस्ट देशहरूको आपसी आर्थिक सहयोग परिषद्) र अन्तर्राष्ट्रिय समाजवादी बजारले प्रदान गरेका यीे उदार खालका व्यापारिक सर्तहरूको सहयोगले क्युवा आफ्नो सम्पूर्ण चिनी विश्व बजारको मूल्यभन्दा पाँच गुणा बढीमा बेच्न सफल भयो र सस्तो मोलमा पेट्रोलियम पदार्थ, कृषिलाई चाहिने रासायनिक सामग्री र अरू अत्यावश्यक खाद्यान्न खरिद गर्न सफल भयो ।

क्युवाली क्रान्तिकारी सरकारले कृषिको विविधीकरणलाई उच्च प्राथमिकतामा राख्ने घोषणा गरे तापनि अमेरिकी नाकाबन्दी, विदेशी मुद्राको बढ्दो अभाव र सोभियत संघसँगको बढ्दो निर्भरताका कारण उखु खेतीको बाहुल्य कायमै रह्यो । कृषिको विविधीकरण मध्यकालीन या दीर्घकालीन उद्देश्यका रूपमा पछिका लागि भन्दै धकेलिदै गयो ।

व्यापक यान्त्रिकीकरण र रसायनमा आधारित सघन कृषि क्षेत्रको विकास गर्दै क्युवाले सोभियत संघीय खेमाबाट कृषि सामग्री आयात गर्न थाल्यो । औद्योगिक कृषिको ढाँचा र प्रविधि युरोपेली कृषि प्रणालीमा आधारित थियो । १९८० को दशकको आखिरीमा क्युवाले ८० हजार ट्रयाक्टर, १३ लाख टन रासायनिक मल, १७ हजार टन झारनाशक विषादी, र १० हजार टन किटनाशक विषादी आयात गरेको थियो । लगभग सबै मेशिन, कृषि रसायन, इन्धन र पार्टपुर्जाहरू सोभियत संघ र आवद्ध देशहरूबाट आयात गरिन्थ्योे । यस अवधिमा क्युवाले प्रयोग गर्ने रसायन र विषादीको मात्रा संसार भरिमै बढी थियो ।

त्यतिबेला ठुला परिणामको र पुँजीप्रधान प्रविधि अपनाइएको क्युवाली एकल खेती प्रणाली धेरै अर्थमा ल्याटिन अमेरिकी साना आकारका कृषि प्रणालीभन्दा बढी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केन्द्रीय उपत्यकाको खेती प्रणालीसँग मिल्थ्योे । यो ल्याटिन अमेरिकाभरमै सबैभन्दा बढी औद्योगिकीकृत, रासायनिक सामग्रीमा आधारित खेती प्रणाली थियो । तर यसको नमिठो पक्ष के थियो भने यो प्रणालीका लागि चाहिने ९० प्रतिशत भन्दा बढी कच्चा पदार्थ, रासायनिक मल, किटनाशक समेत विदेशबाट आयात गरिन्थ्यो जबकी क्युवाको मुख्य निर्यात मानिने उत्पादन चिनी, सुर्ती र अमिलो जातका (citrus) फलफूलले मात्रै कुल खेतीयोग्य जमिनको ५० प्रतिशत ओगटेको थियो । निर्यातबाट हुने आम्दानीको ७५ प्रतिशत चिनी र चिनीजन्य पदार्थमा आधारित थियो । वास्तवमा क्युवाले सबैथोकको बदलामा चिनी मात्रै निर्यात गथ्र्यो भन्दा पनि हुन्छ ।

यो व्यापारसँगै क्युवाले जनस्वास्थ्यको क्षेत्रमा ठुलो प्रगति हासिल गर्यो । उदाहरणका लागि सन् १९८९ मा अन्तर्राष्ट्रिय विकास परिषद्को ‘जीवनको भौतिक गुणस्तर सूचक’ (जसमा शिशु मृत्यु दर, साक्षरता र औसत आयु पर्छन्)मा क्युवाको स्थान विश्वमा ११ औँ थियो जबकी त्यतिबेला अमेरिका १५ औँ स्थानमा थियो ।

नाकाबन्दी, खाद्य सङ्कट र यसको सामना

सन् १९९० को सुरुतिरको चरम खाद्य सङ्कटले यो टापु देशलाई महाभुकम्पले जस्तै पुरै हल्लाइ दियो । क्यारेवियाली क्षेत्रको सबैभन्दा ठुलो सहर हवाना (झण्डै क्युवाको कुल जनसङ्ख्याको २० प्रतिशत अथवा २२ लाख जनताको आश्रय सहर) मा जति गहिरो सङ्कट त अन्त कतै अनुभव गरिएन । त्यसपछि अचानक सारा हवानाभरि सहरी करेसाबारी उम्रियो जो आम सहरवासीको अनिकाल प्रतिको गहिरो प्रतिक्रिया थियो । पाँच वर्षकै अवधिमा हवानाका लगभग १ लाख घरहरूमा २८ हजार भन्दा बढी करेसाबारीहरू देखापरे । यो सहरी कृषि अभियान जंगलको डढेलो जस्तो रातारात निरन्तर विस्तार हुँदै गयो । हुनत अहिले त्यस्ता करेसाबारी धेरै देखिदैनन् । यिनको साटो साना र मध्यमस्तरका सहरी कृषिका फार्महरू बिस्तार भएका छन् ।

सन् १९४६ मा ४ प्रतिशत मात्र उत्पादक किसान भएको क्युवामा अहिले १२ प्रतिशत उत्पादक किसान रहेका छन् । कृषि कर्मका अन्य पक्ष समेट्ने हो भने यो सङ्ख्या निकै ठुलो छ । देशमा आई परेको खाद्य सङ्कटको सामना गर्न औद्योगिक विकासका अन्य सेवामा सङ्लग्न बहुसङ्ख्यक हवानावासी पहिलो पटक कृषक बन्दै थिए । केही कृषि क्षेत्रमा काम गरेकाहरूको पनि विशाल फार्महरूमा हुने औद्योगिक कृषिमा यान्त्रिकीकरण र रासायनिक पदार्थ प्रयोग गरी गरिने एकल बाली खेतीको मात्र अलिअलि अनुभव थियो । एकदम थोरै मानिससँग मात्र सहरी खेतीका लागि आवश्यक थोरै जमिनमा, उच्च विविधीकृत, बहुबाली खेती सुहाउँदो जैविक प्रविधिमा आधारित कृषिको अनुभव थियो ।

तर क्युवाका मानिसहरू आफ्ना उद्देश्यप्रति निकै प्रतिवद्ध थिए र अहिले पनि छन् । हवानाका करेसाबारी, फलफूलका बगैंचा र पशु फार्महरूको सिर्जना यसैको उपज थियो । उनीहरूले जे जस्ता औजार पाइन्छन् त्यसैलाई प्रयोग गरी जहाँ जस्तो र जति खाली ठाउँ पाइन्छ त्यहीँ र जे जस्तो बिउ पाइन्छ त्यही रोपेर खेती सुरु गरेका थिए । उनीहरूले सहरी संरचनाका सिमेन्टका ढलानमा समेत माटो भरेर खेती गरेका थिए भन्ने कुरा अहिले पनि जताततै देख्न र अनुभव गर्न सकिन्छ ।

जमिन र अरू सेवा उपलब्ध गराएर हवाना नगर सरकार र कृषि मन्त्रालयले यस्तो स्वस्पूmर्त र लोकप्रिय सहरी खेती अभियानलाई विस्तार गर्न सहयोग गरिरहेको छ । सन् १९९४ मा हवानामा संसारमै पहिलो पटक सहरको सबै खाली जमिनलाई खाद्यान्न उत्पादनका लागि प्रयोग गर्ने उद्देश्यले अठोटपूर्ण अग्रगामी सहरी कृषि विभाग गठन भयो । अहिले सहरका १४ वटा नगरपालिकाहरूमा सहरी खेतीवालहरूलाई, खासगरी स्थानीय परिवार या टोल समितिहरूलाई सहयोग, मार्गदर्शन र आधारभूत स्रोतहरू उपलब्ध गराउने गरी यस्ता विभागहरू गठन भएका छन् । नवगठित सहरी कृषि विभागको पहिलो र मुख्य दायित्व तथा जिम्मेवारी यस्ता सहरी कृषकहरूलाई खेतीका लागि आवश्यक सेवा, प्रविधि र जमिन दिलाउनु रहेको छ ।

उपयोग नगरिएको निजी जमिन छ भने त्यो पनि खेती गर्न चाहनेलाई दिइन्छ । पहिले यस्ता जमिनको स्वामित्व भएकाहरूलाई स्थानीय अधिकारीहरूले नै ‘लौ तिम्रो जमिन फलानो व्यक्ति या उत्पादक समूहलाई खाद्य उत्पादनका लागि दिनु पर्यो है’ भनेर सूचित गर्थे । यदि जमिनको मालिकले नमानेमा या आनाकानी गरेमा उसैलाई ‘छ महिना भित्र खेती गर्नू’ भनेर छोडिन्थ्यो । उक्त समयभित्र उनीहरूले खेती गरेनन् भने जमिन जसले खेती गर्न आवेदन दिएको हो उसैका नाममा हस्तान्तरण गरिन्थ्यो । यस किसिमको कानुनी तथा प्रशासनिक सहयोगले हवाना वरपर हजारौँ नयाँ बगैँचाहरू देखा परे । अहिले प्राज्ञिक रूपमा दक्ष व्यावसायिक मानिसहरूभन्दा हवानाका किसानहरूले बढी कमाउन थालेका छन् ।

सन् १९९६ मा एउटा कानुन पास गरियो जसले सहरी क्षेत्रका कुनै पनि कृषि क्षेत्रमा रासायनिक पदार्थको प्रयोगमा प्रतिबन्ध लगायो । हवानाका भूमि उपयोगसम्बन्धी ऐनहरू संशोधन गरिए । अब उपरान्त खाद्यान्न उत्पादनमा जैविक विधि मात्र अपनाउन पाइने भयो । परिणामतः अहिले हवानाका खाद्य–बगैँचा क्युवाली कृषिको महत्वपूर्ण जैविक क्षेत्र बनेका छन् ।

सन् १९९४ देखि सहरी कृषि उपज निरन्तर बढिरहेकोछ । सन् १९९६ मा एउटा कानुन पास गरियो जसले सहरी क्षेत्रका कुनै पनि कृषि क्षेत्रमा रासायनिक पदार्थको प्रयोगमा प्रतिबन्ध लगायो । हवानाका भूमि उपयोगसम्बन्धी ऐनहरू संशोधन गरिए । अब उपरान्त खाद्यान्न उत्पादनमा जैविक विधि मात्र अपनाउन पाइने भयो । परिणामतः अहिले हवानाका खाद्य–बगैँचा क्युवाली कृषिको महत्वपूर्ण जैविक क्षेत्र बनेका छन् । देशभर आफ्नो सञ्जाल भएको कृषि विभागले जैविक कृषि बगैँचाका सम्बन्धमा असङ्ख्य तालिम र कार्यशालाहरू चलाइरहेको छ । सहरी किसान आफैले सुरु गरेका सयाँै टोले नर्सरीहरू (जसलाई नर्सरी क्लव पनि भनिन्छ) ले आफ्ना अनुभव, सूचना र ज्ञान आपसमा बाँडिरहेका छन् । परम्परागत जैविक कृषि फार्महरूमा अध्ययन भ्रमणहरूको आयोजना गरिन्छ जसबाट यी सहरिया कृषकहरूले धेरै कुरा सिक्ने मौका पाउँछन् ।

सहरभरि नै ‘बिउ घर’हरू खोलिएका छन् । बिउहरू, बगैँचाका लागि चाहिने औजार, प्राङ्गारिक मल, जैविक विषादीहरू र अरू जीव नियन्त्रकहरू सस्तो दरमा बिक्री वितरणका लागि राख्ने गरिन्छ । यस्ता पसलको सङ्ख्या हवानामा सन् १९९६ मा जम्मा ३ वटा भएकोमा अहिले ५० पुगेको छ । नर्सरी क्लव जस्तै यस्ता बिउ बिजन केन्द्रहरूले पनि कृषकहरूका लागि भेटघाट र आपसी सम्बन्ध बढाउने तथा अनुभव आदानप्रदान गर्ने र विशेषज्ञहरूको राय लिने केन्द्रका रूपमा काम गर्ने गरेका छन् ।

त्यसैगरी कृषकका उत्पादन बेच्ने बजार सञ्जाल छन् । आफ्नै बगैंचा वा तरकारी बारीमा बेच्ने, सहकारीले सञ्चालन गरेका साझा पसलमा बेच्ने, सरकारी र सामाजिक संस्थाहरू जस्तै विद्यालय, अस्पतालमा उपलव्ध गराउने र निजी पसलेहरूलाई बेच्ने विकल्पहरू छन् । यी कृषकहरूले आफ्नो उत्पादनको ८० प्रतिशत बिक्री यस्ता बजारमा बेच्ने गर्छन् भने बाँकी २० प्रतिशत आफू खाने र छिमेकीलाई बाँड्ने गर्दछन् । हवाना र अरू क्युवाली सहरहरूका खाद्यान्न उत्पादनका प्रयत्नहरूलाई मोटामोटी ५ वटा समूहहरूमा विभाजन गर्न सकिन्छः आम करेसाबारी, सघन बगैँचा,ः आफँैले उपभोग गर्ने (अटोकन्जुमोस), किसानको बगैंचा (क्याम्पेसिनोस पार्टिकुलर्स) र सरकारी स्वामित्वका सहरी वा अर्ध–सहरी फार्महरू । यी सबै खाले बगैंचा बिस्तारसँगै ‘विश्वमा कृषि उत्पादनका सबै पक्षमा निरन्तर उच्च गुणस्तर कायम गर्ने सहरी कृषि कार्यक्रम सफल भएको देश मध्येको एक क्युवा’ भन्ने आत्मविश्वासका साथ संसार सामु देखा परको छ ।

यो पर्यावरणीय खेती प्रणालीको मेरुदण्ड किसानहरूको सहकारी हो भने कृषिमा गरिने अनुसन्धान र निरन्तरको खोजी यसको प्राण । क्युवाको कृषि सपार्न शिक्षा र अनुसन्धानको ठुलो भूमिका छ । क्युवाका १५ प्रान्तमा सबैमा एक एक विश्वविद्यालय छन् । यी मध्ये १२ विश्वविद्यालयमा पर्यावरणीय कृषिबारे पढाई र अनुसन्धान गर्ने सङ्कायहरू रहेका छन् । साथै प्रविधि बिस्तार तथा अनुसन्धानका लागि २० वटा प्राविधिक शिक्षालय छन् । स्थानीय विशेषताका अनुकुलको शिक्षा र अनुसन्धानमा समर्पित यस्ता शिक्षालय सबै प्रान्तमा रहेका छन् । त्यस्तै कृषि तथा पशु फार्मका किसानसँग मिलेर अनुसन्धान र नविनतम् खोजी गर्ने काममा विद्यालय, प्राविधिक शिक्षालय र विश्वविद्यालय सहकार्य गर्ने गर्दछन् ।

यो पर्यावरणीय खेती प्रणालीको मेरुदण्ड किसानहरूको सहकारी हो भने कृषिमा गरिने अनुसन्धान र निरन्तरको खोजी यसको प्राण । सन् १९६० मा सुरु गरिएको किसानको सहकारी अभियान १९९० को सङ्कटसँगै बिउतियो । अहिले क्युवा भरि २२०० बचत तथा सेवा सहकारी, १७०० किसानका सहकारी र ८०० सरकारी फार्महरूको सहकारी रहेका छन् । हवानामा मात्र यस्ता सहकारीको सङ्ख्या ८८ रहेको छ । त्यसमध्ये २३ बटा त सरकारी फार्महरूको सहकारी रहेका छन् । सरकारले किसानको सहकारी र सरकारी फार्म सहकारी प्रवर्धनलाई विशेष सेवा र सहुलियत दिने गरेको छ किनकी यस्ता सहकारीहरूमा यसका सदस्यहरूले आफूसँग उपलव्ध सबै साधन स्रोतको परिचालन गर्छन् जसले कृषि उत्पादनसँगै कृषकहरूको जीवनस्तर बढाउन सफल भएको छ । तर अझै पनि सरकारी फार्मका सहकारी प्रभावकारी हुन नसकेको गुनासो रहेको छ । यसो हुनुमा मुख्यतः सरकारी कर्मचारीहरूले आफ्नो भइरहेको शक्ति गुमाउन नचाहेको देखिन्छ । संसारभरि नै सरकारी कर्मचारी फेरिन नचाहने अनि शिक्षा क्षेत्र परम्परामा धानिने रोगबाट ग्रस्त छ । तुलनात्मक रूपमा प्रगतिशिल भए पनि यसबाट क्युवा पनि अछुतो छैन । क्युवाको कृषि सपार्न शिक्षा र अनुसन्धानको ठुलो भूमिका छ । क्युवाका १५ प्रान्तमा सबैमा एक एक विश्वविद्यालय छन् । यी मध्ये १२ विश्वविद्यालयमा पर्यावरणीय कृषिबारे पढाई र अनुसन्धान गर्ने सङ्कायहरू रहेका छन् । साथै प्रविधि बिस्तार तथा अनुसन्धानका लागि २० वटा प्राविधिक शिक्षालय छन् । स्थानीय विशेषताका अनुकुलको शिक्षा र अनुसन्धानमा समर्पित यस्ता शिक्षालय सबै प्रान्तमा रहेका छन् । त्यस्तै कृषि तथा पशु फार्मका किसानसँग मिलेर अनुसन्धान र नविनतम् खोजी गर्ने काममा विद्यालय, प्राविधिक शिक्षालय र विश्वविद्यालय सहकार्य गर्ने गर्दछन् ।

आधारभुत शिक्षा क्युवाको अत्यन्त महत्वपूर्ण सामाजिक क्रियाकलाप हो जसमा सबै बालबालिकाको पहुँच छ । क्युवा उच्च गुणस्तरीय शिक्षा र लगभग पूर्ण साक्षरताको विषयमा विश्वमै उच्च कोटीमा पर्छ । सन् १९५९ को क्रान्तिको लगत्तै १ लाख २० हजार स्वयंसेवी शिक्षक दूरदराजसम्म पुगे । केही समयमा नै ७ लाख मानिसहरूलाई लेखपढ गर्न सक्ने बनाइयो । क्रान्ति अगाडिको क्युवामा शिक्षक विद्यार्थी अनुपात १ः३००० थियो भने सन् २००४ मा १ः४२ जना रहेकोमा अहिले शिक्षक विद्यार्थी अनुपात १ः२० छ, जुन संसारकै उच्चतम हो । विद्यालयदेखि नै पर्यावरण र कृषि बारे पढाउने र खेतबारीमा अभ्यास गर्न लगाइन्छ । कक्षाका अग्रणी (पायोनेरेस) समुहमा सामेल भएर विद्यार्थीहरू भविष्यमा के बिषय पढ्ने हो यसको पूर्व तयारी समेत गर्ने गर्दछन् ।

त्यस्तै क्युवाको चिकित्सा शिक्षा र सेवा विश्वकै उच्चकोटीमा दरिन्छ । उपचार र रोकथाममा भन्दा रोग लाग्न नदिने कुरामा जोड दिइने जडीबुटीमा आधारित चिकित्सा पद्धति सिक्न सयौ देशका विद्यार्थी आउने गर्दछन् । त्यस्तै ल्याटिन अमेरिकी देशहरूमा चिकित्सा सेवा प्रदान गर्ने क्युवाली डाक्टर, नर्स र अन्य चिकित्सा प्राविधिकहरू ७० देखि ८० हजारभन्दा बढि छन् । यो सेवा प्रदान गरेर क्युवाले मान, प्रतिष्ठा र आम्दानी सँगै प्राप्त गरेको छ ।

सिकाइ तथा चुनौती

चीन तथा भारत लगायतका धेरैजसो देशहरू वातावरणीय विनाश र प्राकृतिक सम्पदाको तीव्र विनाशले ग्रस्त छन् भने क्युवा चाहिँ यस्ता नकारात्मक प्रवृत्तिलाई उल्टाएर त्यसलाई पुनस्र्थापना गरिरहेको छ । निःसन्देह क्युवाको कृषि तथा विकासमा पर्यावरणीय कृषिको पक्षलाई निर्देशक सिद्धान्त र आधारशिला मान्ने नीतिले महत्वपूर्ण योगदान गरेको छ ।

हुनत ८० को दशकबाटै कृषि क्षेत्र बिग्रकोमा चिन्ता र चासो बढेको थियो । एक्कासी आई लागेको खाद्य तथा इन्धन सङ्कटको दोहोरो धक्काले क्युवालाई दिगोपना तिर लम्कन र त्यसको एउटा तहमा उक्लन दबाब प¥यो । त्यो तह पुग्नेमा अहिले ऊ झण्डै एक्लो देश हो । चीन तथा भारत लगायतका धेरैजसो देशहरू वातावरणीय विनाश र प्राकृतिक सम्पदाको तीव्र विनाशले ग्रस्त छन् भने क्युवा चाहिँ यस्ता नकारात्मक प्रवृत्तिलाई उल्टाएर त्यसलाई पुनस्र्थापना गरिरहेको छ । निःसन्देह क्युवाको कृषि तथा विकासमा पर्यावरणीय कृषिको पक्षलाई निर्देशक सिद्धान्त र आधारशिला मान्ने नीतिले महत्वपूर्ण योगदान गरेको छ । पर्यावरणीय कृषिमा सरकारको प्रथामिकता र किसानको विश्वास निरन्तर बढ्दो छ । यसका लागि सरकार, सेवा प्रदायक सहकारी र कृषिका वैज्ञानिक एकजुट भएर लागेका छन् । १९९३ देखि हरेक दुई बर्षमा ‘दिगो पर्यावरणीय कृषि’ अन्तर्राष्ट्रिय सम्मेलन गरिँदै आएको छ । यसै वर्षको जुनको पहिलो साता १२ औं सम्मेलन सम्पन्न भएको छ । पर्यावरणीय कृषिले प्रकृतिलाई अन्तर सम्बन्धित तत्व र कार्यहरूको एकिकृत एकाइका रूपमा हेर्छ जो स्वस्थ खेतबारी र वातावरण दुबैका लागि अहम् महत्वका छन् । जमिनलाई सम्पत्ति र साधनका रूपमा मात्र बुझ्ने आधुनिक आर्थिक दृष्टिकोणसँग (जसले पैसालाई नै आधारभूत मूल्यका रूपमा हेर्छ) यो दृष्टिकोण गम्भीर रूपमै भिन्न देखिन्छ । खनिज इन्धनको अनन्त आपूर्तिको मृगतृष्णामा वृद्धि, प्रतिस्पर्धा र उपभोगमा आधारित ‘आधुनिक आर्थिक समाज’ भन्दा क्युवालीहरूको कृषि प्रधान, न्यून–इन्धन, सहकारी जीवन शैली धेरै नै दिगोपनसम्मत छ ।

सन् २००६ मा विश्व वन्यजन्तु कोषको लिभिङ्ग प्लानेट र ग्लोवल फुटप्रिन्ट नेटवर्कको प्रतिवेदनले घोषणा गर्यो, विश्वमा क्युवा मात्र त्यस्तो देश हो जसले वास्तवमै दिगो विकास हाँसिल गरेको छ । घोषणाका लागि राष्ट्र संघले स्वीकार गरेको ‘ह्युमन डेभेलप्मेन्ट इन्डेक्र्स’ (मानव विकास सूचकाङ्क) र ‘इकोलोजिकल फुटप्रिन्ट’ (वातावरणीय पदचाप) मूल्याङ्कनलाई आधार मानिएको थियो । मानव विकास सूचकाङ्ग कुनै देश वा भौगोलिक एकाइमा रहेका समुदायको औसत आयु, शिक्षा र आम्दानी हिसाब गरी निकालिने अङ्ग हो भने कुनै देश, वस्ती वा क्रियाकलापले कति सेवा वा वस्तु उत्पादन गर्न कति स्रोत खर्च हुन्छ र त्यो सेवा वा वस्तु उत्पादन गर्दा कति वातावरण प्रदूषण गर्छ भन्ने हिसाब हो । उदाहरणका लागि एउटा गाडीले धेरै काम गर्छ तर त्यसले उत्पादन गर्दा पनि प्रदूषण गर्छ, चलाउँदा पनि खनिज तेल लाग्छ जसले विषालु ग्याँस निकाल्छ, नकुहिने र पुनः प्रयोग गर्न नसकिने फोहोर निकाल्छ । दुवै पक्षबाट जाँच्दा पनि उच्च अङ्क पाउनेमा क्युवा मात्र एक्लो देश थियो ।

लिभिङ्ग प्लानेटको सन् २००६ मा प्रकाशित प्रतिवदेनले क्युवालाई उच्च तहको साक्षरता दर, लामो औसत आयु र नवीकरण नहुने ऊर्जा र खनिज पदार्थको कम उपभोग गर्ने देश भएको पुष्टि गर्यो । यसमा क्युवाको सहज उपलब्ध गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अधिकारलाई विशेष महत्व दिएको थियो । प्रतिवेदनले जङ्गलको पुनस्र्थापनामा भएको प्रगति, माटो, जैविक विविधता र पानीको संरक्षण र पुनस्र्थापनामा हासिल गरेको उच्च प्रगतिको विशेष प्रशंसा गरेको थियो ।

क्युवाले कृषि, वातावरण, सहकारी, स्वास्थ्य, शिक्षामा क्षेत्रमा गरेका अद्वितीय सङ्घर्ष र सफलताका कथाहरू निकै महत्वपुर्ण छन् । उनीहरू अहिलेसम्म पनि चाहे नेपाल जस्तो आफ्नो विशेषतासँग कुनै हिसावले नमिल्ने ठाउँमा किन नहोस् कृषि क्रान्तिका सपना देखिरहेछन् र बाँडिरहेछन् । यो सपनाले हामीलाई पनि क्युवाको किसानी समाज र पर्यावरणीय अर्थात् जैविक कृषिबारे बुझ्न केही हौसाउँछ । हुनत, क्युवाली समाजमा भविष्यको कृषि विकासका बारेको बुझाइमा एकमत छैन । राजनीतिक क्रान्तिबाट खारिएको र समाज सुधारमा निरन्तर खटिएको समूह दिगो विकासप्रति विश्वस्त छ । त्यस्तै सबैखाले स्वार्थ समूहहरू आफ्नो स्वार्थ अनुकुलको कृषि प्रणाली होस् भन्ने चाहनु कुनै नौलो कुरा पनि होइन । मुख्य कुरा हामी कस्तो प्रणाली अपनाएर हाम्रा लागि र भविष्यका सन्ततिका लागि कृषिको दिगो विकास गरी प्रकृति र मानव समाजको अन्तरसम्बन्ध र सह अस्तित्वलाई उन्नत बनाउन चाहान्छौ भन्ने नै हो ।

अन्त्यमा, क्युवाको समुन्नतिको आधार राजनीतिक क्रान्तिमा मात्र सीमित रहेनछ । नेपालमा कृषि क्रान्तिको उस्तै सपना बाँड्ने राजनीतिक नेतृत्व अहिले सत्तासिन छ र रातोदिन समृद्धिको रटान लगाइरहेको छ । तर नेपालको दीर्घकालीन कृषि रणनीति कृषिलाई व्यावसायिक बनाउने नाममा एक किसिमले विपरीत दिशातिर दगुरिरहेको छ भन्नेबारे भने यो सरकार बिल्कुलै बेखबर देखिन्छ । त्यसलाई सच्याउन क्युवाको यो अनुभव निकै उपयोगी हुनेछ भन्ने आस गर्न सकिन्छ । निश्चय नै नेपाल र क्युवा पृथ्वीका फरक फरक पाटामा पर्छन् । एउटामा दिन हुँदा अर्कामा रात हुन्छ । यिनको भूगोल र पर्यावरणिय विशेषता तुलना गर्न पनि सकिदैन । त्यसैले पनि क्युवाले लिएको बाटो जस्ताको तस्तै नक्कल गर्न सक्दैनौ र हुदैन पनि । तर उनीहरूको अनुभवबाट सिकेर हाम्रो कृषिको भविष्य राम्रो बनाउन त सक्छौ नि !

(यो लेख क्युवाली किसान तथा अभियान्ताहरूसँगको कुराकानी, क्युवाको इतिहास, भरत मनसाटाको पुस्तक र सन् २०१८ जुनमा भएको पर्यावरणीय कृषिको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत शोध पत्रहरूमा आधारित छ ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु