सिन्धुपाल्चोक केन्द्र बनाएर ६ रेक्टरस्केलको भूकम्पको धक्का
३१ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
सिन्धुपाल्चोकको राम्चे केन्द्रकिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गएको हो ।
बिहानै भुकम्पले हल्लाइदिदा उपत्यकाबासी एकपटक फेरी त्रसित बनेका छन् ।