१३ आश्विन २०८०, शनिबार

अन्तत : उज्याला कुलमानलाई अँध्यारो मुखले विदाई गरे कर्मचारीले



३० भाद्र, काठामाडौं । सारा नेपाली जनताले उज्यालो नेपालका नायक भन्दै आएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरूले अँध्यारो मुखले विदाइ गरेका छन् । कानुनत गत आइतबार ४ वर्षे कार्यकाल सकिएका कुलमानलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीहरूले भारी मनले विदाइ गरेका हुन् ।

प्राधिकरणमा रातको १०/१२ बजेसम्म काम गर्नुपरेको अवस्थालाई स्मरण गर्दै कुलमानले सबै कर्मचारीको महत्वपूर्ण योगदानका कारण अपेक्षित नतिजा हाँसिल भएको बताए । नेतृत्वमा आउनु–जानु सामान्य प्रकृया भएको बताउदै उनले भने, ‘सरकार र राजनीतिक नेतृत्वको मागदर्शन अनुरूप इमान्दारितापूर्वक टिमले काम गर्दा सफलता प्राप्त भएको हो ।’

कुलमानलाई नै प्राधिकरणको निर्देशकमा पुनः नियुक्ति गर्नुपर्छ भन्ने आवाजहरू सामाजिक सञ्जालमा प्रथमिकताका साथ उठिरहेका छन् । कतिपय युवाहरू कुलमानको समर्थनमा सडकमै पनि उत्रिएका छन् । २०७३ भाद्र मा कार्यकारी नियुक्ता भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिदै गर्दा अब प्राधिकरण प्रमुखको रूपमा को आउलान भन्ने सर्वाधिक चासो र रहस्यको विषय बनेको छ ।

अब मन्त्रीपरिषदले अर्को कार्यकालका लागि नियुक्त गरेको अवस्थामा मात्रै उनि प्राधिकरण फर्किनेछन् । तर उनको पुनः नियुक्ति होला या नहोला यसै भन्न सकिने अवस्था छैन । यस सन्दर्भमा राजनीतिक नतृत्व नै दुई ध्रुवमा बाडिएको देखिएको छ ।

यसरी भएको थियो कुलमानको नियुक्ति

वि.सं २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ चिलिमे जलविद्युत कम्पनीमा कार्यरत थिए ।

उक्त कम्पनीबाट प्राधिकरणको केन्द्रिय कार्यालयमा तानिएर जिम्मेवारविहीन बनाइएका कुलमान २०७३ भाद्र २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएका थिए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।

पहिलो कार्यकालमै दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ५ अर्ब सञ्चित नाफामा पुर्याउन सफल भए कुलमान । हरेक दिनको टाउको दुखाई बनेको १८ घण्टे लोडसेडिङबाट उन्मुक्ति पाएका जनता स्वतस्फूर्त रूपमा घिसिङलाई नै दोहोर्याउन माग गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको