२० जेष्ठ २०८०, शनिबार

‘पिसिआर’ शुल्क आधा घट्यो, लक्षण नभएकाको कोरोना परिक्षण नगरिने



३० भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार ४ सय मा भइरहेको पिसिआर परिक्षण शुल्क आधा घटाएर २ हजारमा गर्ने निर्णय गरेको छ । योसँगै मन्त्रालयले लक्षण नदेखिएका व्यक्तिहरूको कोरोना परिक्षण नगर्ने नीति लागु गर्ने तयारी पनि थालेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अुनसार लक्षणरहित व्यक्तिहरूको पिसिआर परिक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै लक्षण देखिएकाहरूको मात्रै परिक्षण गर्ने काम अघि बढाइएको छ ।

लक्षण भएकाहरूको मात्र परिक्षण गर्ने र नभएकाहरूको नगर्ने तयारी भएपनि आइसोलेशनमा भने बस्नुपर्ने सहप्रवक्ता अधिकारीले बताए । उनले भने, ‘अब परिक्षण मात्रै बढाउने भन्दा पनि क्वारेन्टिन र आइसोलेशन व्यवस्थापनमा मन्त्रलायले जोड दिदैछ ।’ एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा प्रत्येक व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए ।

अब लक्षण नदेखिएकाको परिक्षण नभएपछि प्रत्येक दिन औसत १० हजारका दरले हुँदै आएको पिसिआर परिक्षण संख्या घट्ने देखिएको छ । मन्त्रालयलको तथ्याङ्कअनुसार हालसम्म साढे आठ लाखभन्दा बढिको पिसिआर परिक्षण भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको