७ जेष्ठ २०७९, शनिबार

सुर्खेतको पञ्चपुरी–१ मा प्यानल नै विजयी, पालिका प्रमुखमा कांग्रेसको अग्रता




सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले ४७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुदे साउनले ३६३ मत पाए ।
यस्तै माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत पाए ।
नगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । १४ सय मत गणना हुँदा कांग्रेसका लालबहादुर भण्डारीले ५५८ मतका साथ अग्रता लिएका छन् । भण्डारीलाई एमालेका धनबहादुर थापाले ५१५ मत पाएका छन् । उपप्रमुखमा पनि कांग्रेसकी मुक्तिदेवी रेग्मीले ५६० मतका साथ अग्रता लिएकी छिन् । एमालेकी दुर्गाकुमारी जैसीले ४९९ मत पाएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको