७ जेष्ठ २०७९, शनिबार

रुकुमपूर्व भूमे गाउँपालिकामा माओवादी केन्द्रको अग्रता, सानीभेरी– १ मा माओवादीको प्यानल नै विजयी



रुकुम पूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । आज शनिबार बिहान ३ बजेबाट मतगणना सुरु गरिएकोमा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको हो ।

भूमे ९ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ । ९ नम्बर वडामा १ हजार ९ सय १८ मतदाता रहेको मध्ये १ हजार १ सय ९२ मत खसेको थियो । जसमा १ सय मतगणना हुँदा माओवादी केन्द्रका तर्फबाट पालिका अध्यक्ष उम्मेदवारले ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत विमलप्रसाद बरालले जानकारी दिए । माओवादी केन्द्र तर्फकै उपाध्यक्ष उम्मेदवारले ६४ मत पाएको बरालले बताए ।

यसैगरी पालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन गरेका थिए । तर, पछि कांग्रेसबाट पालिका अध्यक्ष उम्मेदवारीले मनोनयन फिर्ता लिएपछि गठबन्धनतर्फका पालिका अध्यक्ष पद विहिन बनेको छ । उपाध्यक्ष पदका लागि एमालेबाट उम्मेदवारले ९ मत पाएको निर्वाचन अधिकृत बरालले बताए । जनमोर्चा पालिका अध्यक्षले ५ मत पाएका छन् । यस्तै वडा तर्फ पनि माओवादी केन्द्र तर्फका उम्मेदवारले नै अग्रता लिइराखेका छन् । माओवादी केन्द्र तर्फबाट भूमे ९ वडाध्यक्ष उम्मेदवारले ६४ मत, कांग्रेस वडाध्यक्ष उम्मेदवारले १९ मत पाएको छ । कुल गणना भएको मतमा ९५ सदर हुँदा ५ बदर भएको छ ।

पहिलो मतगणना भूमे–९ बाट सुरु गरिएकोमा सर्वदलिय बैठकको निर्णय अनुसार ९ नम्बर वडा पछि क्रमशः ८, ७, ६, ५, ४, ३, २ र १ नम्बर वडाको मतगणना गरिने भएको बताइएको छ ।
त्यस्तै, सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् ।
कांग्रेसका खले पुनलाई पराजित गर्दै टेकबहादुर विजयी भएका हुन् । खलेको पक्षमा २ सय ८१ मत आएको छ ।
उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।

जिल्लाको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको मत गणना चलिरहेको छ । मुसीकोटमा कांग्रेसका महेन्द्र केसीले अग्रता लिएका छन् सानीभेरीमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले अग्रता लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको