२० जेष्ठ २०८०, शनिबार

कुलमानको नियुक्तिसम्बन्धी नारायणकाजीको ट्विटमाथि सूर्य थापाको कडा टिप्पणी



३० भाद्र, काठमाडौं । अहिले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिका विषयले निकै चर्चा पाएको छ । घिसिङको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पुनः नियुक्ति हुनु पर्दछ भनी हिजो ट्विट गरेका छन् ।

प्रवक्ता श्रेष्ठले ट्विट गदै लेखेका छन्, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाको सुयोग्य सपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनः नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु ।’

त्यसको प्रतिक्रियास्वरूप प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम् नेकपाका प्रचार विभागका उप–प्रमुख सूर्य थापाले मध्यराती फेसबुकमार्फत् कडा टिप्पणी लेखेका छन् । थापाले फेसबुकमा लेखेका छन्, ‘कुलमान घिसिङको पक्ष र विपक्षका यतिबेला आ–आफ्ना मत र अभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन । तर एक अवधि पूरा गरेर हिजो विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लविङले कतै…कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?’

सूर्य थापाले “नेपाल आमाका सपूत” को पुनः नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ ? सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ? पार्टीको हाल जिम्मेवारी यही हो र ? सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला ? भनी प्रश्नहरू तस्र्याएका छन् ?

नियुक्तिसम्बन्धी आफ्नै विधि प्रक्रिया भए तापनि उनको कार्यकालमा लोडसेडिङ अन्त्य भएकाले जनस्तरमै पनि कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नु पर्दछ भन्ने आवाज व्यापक रूपमा मुखरित भइरहको छ । सरकारले कसलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ हेर्न बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको