७ जेष्ठ २०७९, शनिबार

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीन जनालाई हेलिकप्टरबाट उद्धार




सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा ढुङ्गाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीन जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
झडपमा परि मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएका थिए ।
घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको