८ जेष्ठ २०७९, आईतवार

कर्णालीको भक्तपुर भनेर चिचिने कालीकोटको तिलागुफा के मजदुर किसानले जित्ला ?



सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकालाई कर्णालीको भक्तपुर भनेर चिन्ने गरिन्छ । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको बलियो जनाधार भएका कारणले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुरलाई चिनिए जस्तै कालिकोटको तिलागुफा नगरपालिकामा उसको बलियो जनाधार भएका कारणले भक्तपुर भनेर चिनिएको हो ।
कालिकोटको तिलागुफा नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले नगरपालिकाको प्रमुख÷उपप्रमुखमा कुनै उम्मेदवारी दिएको थिएन् । प्रमुख÷उपप्रमुखमा कुनै उम्मेदवारी नदिएको मजदुर किसान पार्टीले नगरपालिका ११ वटा वडामभ्ये ४ वटामा वडा अध्यक्षसहित २१ जनाले निर्वाचन जितेका थिए । वडा नं. २, ३,४ र ९ नेमकिपाले जितेको थियो ।
नेकपा (एमाले) १ नेपाली कांग्रेस १ वडा जितेको थियो । वडा नं. ५ मा नेपाली कांग्रेस, वडा नं. ६ मा एमालेले जितेको थियो भने नेमकिपाकोभन्दा एक वडा बढी माओवादी केन्द्रले वडा नं. १, ७, ८, १० र ११ गरि ५ वटा वडा जितेको थियो ।
प्रमुख र उपप्रमुख पदमा मजदुर किसान पार्टी कांग्रेसलाई समर्थन गरेको थियो । ४ वटा वडा जितेको मजदुर किसान पार्टीले प्रमुख÷उपप्रमुख कांग्रेसलाई दिनुपर्छ भनेर मतदातालाई कुनै ह्विप लगाएन् ।
२०७४ सालको स्थानीय चुनावमा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका रतनबहादुर शाहीले १८५१ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्यायले १६८, एमालेका कलबहादुर शाहीले १४८० मत ल्याएका थिए । उपप्रमुख पनि माओवादी केन्द्र नै विजयी भएको थियो ।
आसन्न बैशाख ३० गते हुने निर्वाचनका लागि तिलागुफा नगरपालिकामा नेमकिपाले प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएको छ । नेमकिपाबाट पूर्व संबिधान सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य नवराज कोइराला र उपप्रमुखमा बसुन्धरा दमाईले उम्मेदवारी दिएकी छन् ।
नेपाली कांग्रेसले एमालेसँग गठबन्धन गर्दै पुनः प्रमुखमा कांग्रेसका शंकर उपाध्याय र उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट प्रमुखमा दिनेश चदारा र बिन्दु थापाले उपप्रमुखमा पदमा उम्मेदवारी दिएका छन् ।
तिलागुफा नगरपालिकामा मजदुरको राम्रो पकड भएको क्षेत्र भएका कारणले अहिले उ बहुमत सदस्यसहित नगरपालिका आफ्नो पक्षमा पार्न कस्सिएको छ भने माओवादी आफ्नो पुरानो साघ जोगाउने तयारी थालेको छ । कांग्रेस र एमालेको गठबन्धन भएका कारणले कांग्रेसले आफुले जित्ने दावी रहेको छ ।
नगरपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
नगरको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, कला संस्कृति, रोजगारी, वन र पर्यटन लगायतका क्षेत्रमा दिगो विकासको आयाम थालनी गर्ने र भौतिक विकास सँगसँगै सामाजिक रुपान्तरणका विषयलाई पनि उत्तिकै प्राथमिकता दिएको कारणले आफुले जित्ने आधार रहेको नेमकिपाका नगर प्रमुख पदका उम्मेदवार नवराज कोइरालाले बताए । ‘हामीले विगतमा जितेका वडामा गरेको विकासका आधारमा पनि हामीलाई नागरिक अनुमोदन गर्नुहुनेछ छ भन्ने विश्वास गरेका छौं ।’ उनले भने,‘अर्कोतर्फ हाम्रो आधार भनेको यहाँ हाम्रो पार्टीको जनाधार बलियो रहेको क्षेत्र हो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको