७ जेष्ठ २०७९, शनिबार

कर्णालीका ४२ स्थानीय तहामा माओवादी र कांग्रेसबीच चुनावी भिडन्त



सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको भएपनि कर्णाली ७९ पालिकामध्ये ४२ पालिकामा माओवादी र नेपाली कांग्रेसको चुनावी भिडन्त हुने भएको छ । माओवादी बलियो भएको क्षेत्रमा एमालेसँग गठबन्धन गरेर कतै नेपाली कांग्रेस एक्लैले उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसका हस्त पुन र माओवादी केन्द्रका जयबहादुर डाँगी, पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसका लालवीर भण्डारी, माओवादी केन्द्रका केशबहादुर शाही, बराहताल गाउँपालिकामा नेपाली कांग्रेसका भिमबहादुर भण्डारी, माओवादी केन्द्रका ईश्वरभक्त सुनार र लेकबेशी नगरपालिकामा उमेश कुमार पौडेल, माओवादी केन्द्रका रामबहादुर चपाईले उम्मेदवारी दिएका छन् ।
सल्यानका १० वटा पालिकामध्ये ६ वटा पालिकामा कांग्रेस र माओवादीको चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
सल्यान कालीमाटी गाउँपालिकामा नेपाली कांग्रेसका भरत पुन र माओवादी केन्द्रका पुरुषोत्तम भट्टराई उम्मेदवार रहेका छन् । सल्यान कुमाख गाउँपालिका नेपाली कांग्रेसका मानवहादुर वुढाथोकी, माओवादी केन्द्र डिल्लीराज जैसी, छत्रेश्वरी गाउँपालिका नेपाली कांग्रेसका केशबहादुर विष्ट, माओवादी केन्द्रका प्रेमबहादुर खड्का, दार्मा गाउँपालिकामा कांग्रेसका रामचन्द्र के.सी, माओवादी केन्द्रका निमबहादुर के.सी., बागचौर नगरपालिकामा कांग्रेसका जनकराज गौतम, माओवादीका कृतीबहादुर पुन र शारदा नगरपालिकामा कांग्रेसका प्रकाश भण्डारी र माओवादीका तर्फबाट प्रमोदकुमार श्रेष्ठ उम्मेदवारी दिएका छन् ।
डोल्पाको ठूली भेरी नगरपालिका कांग्रेसका श्वबर्णकुमार बुढा, माओवादी केन्द्रका विरेन्द्रकुमार डाँगी, त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसका चन्द्रलाल धराला र माओवादी केन्द्रका दिलबहादुर बिष्ट उम्मेदवार रहेका छन् ।
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका कांग्रेसका विष्णुकुमार भाम र माओवादी केन्द्रका सुरबहादुर बुढा चुनावी मैदानमा रहेका छन् ।
दैलेख जिल्लाका गुराँस गाउँपालिका नेपाली कांग्रेसका खेमराज ओली, माओवादी केन्द्रका कृष्ण गिरी, चामुण्डा विन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसका गणेश कुमार शाही, माओवादी केन्द्रका जगदिश शाही, ठाँटीकाँध गाउँपालिकामा नेपाली कांग्रेसका रक्षबहादुर शाह, माओवादी केन्द्रका उमेशकुमार रावत, नारायण नगरपालिकामा नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापा, माओवादी केन्द्रका दानवहादुर महतारा, नौमुले गाउँपालिकामा नेपाली कांग्रेसका भदे बुढा मगर, माओवादी केन्द्रका छविराम सुवेदी र भगवतीमाई गाउँपालिकामा नेपाली कांग्रेसका दशरथ खड्का, माओवादी केन्द्रका गणेशवहादुर थापा उम्मेदवारी दिएका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेपाली कांग्रेसका धिरेन्द्रकुमार वटाला, माओवादी केन्द्रका रवि के.सी., चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसका प्रेमबहादुर वली, माओवादी केन्द्रका पुष्प वादी, त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका अमरसिं खड्का, माओवादी केन्द्रका गणेशकुमार के.सी., बाफीकोट गाउँपालिकामा नेपाली कांग्रेसका जनककुमार बाँठा मगर, माओवादी केन्द्रका चन्द्रबहादुर के.सी., मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसका महेन्द्र के.सी., माओवादी केन्द्रका बसन्तकुमार शर्मा र सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका गोरखप्रसाद चन्द, माओवादी केन्द्रका विर्खबहादुर विष्टले उम्मेदवारी दिएका छन् ।
जुम्लाका कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका दामोदरप्रसाद आचार्य, माओवादीका धनबहादुर रावत, गुठिचौर गाउँपालिकामा नेपाली कांग्रेसका दानबहादुर बुढा, माओवादी केन्द्रका हरिबहादुर भण्डारी, चन्दननाथ नगरपालिकामा कांग्रेसका पदमबहादुर शाही, माओवादीका जिवनबहादुर बुढ्थापा, तातोपानी गाउँपालिकामा नन्दप्रसाद चौलागाई, माओवादी केन्द्र विरवहादुर कुवँर, तिला गाउँपालिकामा कांग्रेस एकराज उपाध्याय माओवादी केन्द्रका मोतिलाल रोकाया, पातारासी गाउँपालिकामा नेपाली कांग्रेस पूर्णसिंगे बोहोरा माओवादी केन्द्रका हरीबहादुर बुढा, सिंजा गाउँपालिकामा नेपाली कांग्रेसका नन्दराम बुढा, माओवादी केन्द्रका पूर्णप्रसाद धिताल र हिमा गाउँपालिकामा नेपाली कांग्रेसका लक्ष्मणबहादुर शाही र माओवादी केन्द्रका अम्मराज शाही चुनावी मैदानमा रहेका छन् ।
कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय, माओवादी केन्द्रका दिनेश चदाँरा, पचालझरना गाउँपालिकामा नेपाली कांग्रेसका टेकबहादुर बोगटी, माओवादी केन्द्रका देबराज शाही, पलाता गाउँपालिकामा नेपाली कांग्रेसका केशरसिंह बम र माओवादी केन्द्रका विष्णुबहादुर रोकाया, महावै गाउँपालिकामा नेपाली कांग्रेसका मातृका सिंह, माओवादी केन्द्रका खेमबहादुर सिंह, रास्कोट नगरपालिकामा नेपाली कांग्रेसका नवराज बराल, माओवादी केन्द्रका धर्मराज शाही र सान्नी त्रिवेणी गाउँपालिका नेपाली कांग्रेसका मथुराप्रसाद जैसी, माओवादी केन्द्रका डम्वरबहादुर शाही चुनावमा होमिएका छन् ।
जाजरकोट जिल्लाका नलगाड नगरपालिकामा नेपाली कांग्रेसका छबि पन्त, माओवादी केन्द्रका डम्मरबहादुर रावत, भेरी नगरपालिकामा नेपाली कांग्रेसका सनतकुमार कार्की, माओवादी केन्द्रका गगनबहादुर खड्का र शिवालय गाउँपालिकामा नेपाली कांग्रेसका शेरबहादुर शाही, माओवादी केन्द्रका गोपालबहादुर घर्ती चुनावमा आमने सामने उभिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको