८ जेष्ठ २०७९, आईतवार

युरोपेली च्याम्पियन्स – लिग लिभरपुल फाइनलमा




एजेन्सी । लिभरपुलले युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । गएराति भएको खेलमा भिल्लारियलको पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले जितेको हो ।

पछिल्लो पाँच वर्षमा लिभरपुल च्याम्पियन्स लिगको फाइनल पुगेको यो तेस्रो पल्ट हो । अब उसले रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्ने छ ।

अर्को सेमिफाइनलको दोस्रो लेग बुधबार रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ । त्यसमा लिभरपुलभन्दा सिटी ४–३ ले अगाडि छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको