८ जेष्ठ २०७९, आईतवार

कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका विष्ट पार्टीबाट निष्कासित




सुर्खेत । नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्ट पार्टीबाट निष्कासित गरिएको छ । विष्टले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्वतन्त्र उपप्रमुखको उम्मेदवारी दिएका थिए ।
पार्टीको नीति, विधि विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेकोले पार्टीका जिल्ला कार्य समितिको निवर्तमान सदस्य विष्टलाई कारवाही गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सल्यानका उपसभापति सन्तोष केसीले बताए ।
पार्टीका आधिकारी उम्मेदवारका विरुद्ध विष्टले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको र उनीसँगै उनलाई समर्थन गर्ने प्रस्तावक बस्ने चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई पनि पार्टीको साधारण सदस्य नरहने गरि निष्कासन गरिएको छ ।
ल्यान ८३ वडामध्ये तीन वडामा महिला वडा अध्यक्ष उम्मेदवार
सल्यानका १० वटा स्थानीय तहका ८३ वडामध्ये तीन वटा वडामा महिला उम्मेदवार रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार दार्मागाउँपालिका वडा–६ मा नेकपा (माओवादी केन्द्र) तर्फबाट देवी केसी, शारदा नगरपालिका– ३ मा राप्रपाका तर्फबाट इन्द्रा भण्डारी र बागचौर नगरपालिका–८ मा विप्लव (नेकपा)का तर्फबाट (स्वतन्त्र) हेमन्ता वुढाथोकी उम्मेदबार रहेका छन् ।
सल्यानका पालिकाका प्रमुख महिला उम्मेदवार रहेका छैनन् भने, वडाको मुख्य पदमा पनि तीन जना महिला उम्मेदवार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको