७ जेष्ठ २०७९, शनिबार

सशस्त्र द्वन्द्वको कथामा बनेको ‘थाहा छैन’ म्युजिक भिडिओ




काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ ।
यस गीतमा अमेरिकाको न्युयोर्क निवासी गीतकार सुमन योञ्जनको शब्द रहेको छ । गीतमा गायक सोताङकै सङ्गीत रहेको छ । गीतलाई कृष्ण लिम्बूले सङ्गीत संयोजन गरेका छन् ।
म्युजिक भिडियोमा मुकुन भुसाल र बिमला लिम्बूको अभिनय हेर्न सकिन्छ ।
उत्सव दाहालले छायांकन गरेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन् । सुमन योञ्जन निर्माता रहेको भिडियोलाई राजेश पुमा राईको निर्देशनमा तयार पारिएको हो । देविथान म्युजिकको युट्युब च्यानलमार्फत भिडियो दर्शक श्रोतामाझ सार्वजनिक भएको हो । भिडिओलाई हेरेर प्रतिक्रिया दिन निर्माण समूहले सबैसँग आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको