७ जेष्ठ २०७९, शनिबार

दैलेखमा जन्मिएका धीरजप्रताप बने आईजीपी




सुर्खेत । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी)मा धीरजप्रताप सिंह नियुक्त भएका छन् । दैलेख जिल्ला नारायण नगरपालिका–७ बिजौरामा जन्मिएका धीरजप्रताप सिंह आइजीपी बनेका हुन् ।
उनको जन्म बिसं.२०२४ सालमा दैलेखमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।
नेपाल प्रहरीमा २९ औं महानिरीक्षक नियुक्त भएका धिरजप्रताप सिंह दैलेखका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको छ ।
दैलेखमा जन्मिएको भएपनि सिंहको दैलेखबाट उनको परिवार बाँकेको नेपालगञ्जमा बसाईं सरेको थियो । धिरजको बाल्यकाल नेपालगञ्जमा बित्यो । स्थानीय नारायण माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका सिंह खेलकुदमा रुची राख्थे ।
सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका हुन् । डिएसपी हुँदा उनले गोरखा, नुवाकोट र दोलखा जिल्ला कमाण्ड गरेका गिए । प्रहरी उपरीक्षक एसपी भएपछि पर्सा र दाङ जिल्लाको कमाण्ड गरे । उनीसँग लागुऔषध नियन्त्रण ब्यूरोमा दुई वर्ष काम गरेको अनुभव छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा उनले संघीय प्रहरी इकाई कार्यालय बागमती र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए ।
डिआईजीमा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो कमाण्ड गरेका सिंह २०७८ चैत १७ मा एआईजीमा बढुवा भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको