१५ जेष्ठ २०७९, आईतवार

विप्लवका दाई र भतिजाले यसरी गरेका थिए आत्मसमर्पण, विप्लव–प्रकाण्डको योजनामा गुपचुप



काठमाडौं । विप्लव नेतृत्वका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाजु र भतिजाले आत्मसमर्पण गरेको पत्र भाइरल भएको छ । विप्लवका दाजु जयन्द्रबहादुर चन्द र भतिजा विनोद चन्दसहितका नेताहरुले सामुहिक रुपमा आत्मसमर्पण गरेको पत्र अहिले भाइरल बनेको हो ।
विप्लवका दाजुले तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई जावलाखेल प्रहरी परिसरबाट पत्र लेखेर आफू विप्लव समूहमा नरहेको र भविश्यमा नहुने पत्रा पठाएको अहिले खुलेको हो । उनले आफू राष्ट्रिय खेलकुद परिषद अन्तरगत भलिबल प्रशिक्षक रहेको र शान्ति प्रक्रियापछि नेपाल गणतान्त्रिक खेलकुद महासंघमा आवद्ध रहेको उल्लेख गरेका छन् ।
शान्तिप्रक्रियापछि नेकपा (माओवादी) ले आफू निकट खेलकुदकर्मीलाई उक्त संगठनमा आवद्ध गरेको थियो । उनी त्यसको अध्यक्ष छन् । पार्टी विभाजनमा जता विप्लव उतै उक्त संगठन गयो ।
विप्लव समूहले उक्त महासंघलाई पार्टीको भातृ संगठन बनायो । उक्त संगठनको अधयक्ष दाजु र महासचिव भतिजा बनाए ।
प्रतिबन्धको क्रममा प्रहरीले २०७६ चैत्र ९ गते विप्लवका दाजुसहित पाँच नेताहरुलाई गिरफ्तार गरेको थियो । जयन्द्रले आफू खेलाडीहरुसँग छलफल गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको गृहमन्त्री बादललाई लेखेको पत्रमा उल्लेख गरेका छन् । तर, खेलकुदकै एक नेताका अनुसार जयन्द्रले पार्टीको नाममा एक असुली मुद्धाबारे छलफल गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो ।
आत्मसमर्पण पत्रमा जयन्द्रले आफूसहित पाँचै जना विप्लव पार्टीमा नभएको उल्लेख गरेका छन् । पाँचै जनाको तर्फबाट चन्द्रबहादुर चन्दले लेखेको पत्रमा विप्लवका पार्टीको सदस्य नभएको र पछि पनि नबन्ने भन्दै हिरासतमुक्त गरिदिन आग्रह गरेका छन् ।
प्रहरीले विप्लवका दाजुसँगै भतिजा विना चन्द, प्रेम केसी, कमल सुनार, अनिल बुढा र कृष्ण थापाले सामुहिक रुपमा गृहमन्त्रीसँग आत्मसमर्पण गरेका थिए । यो पत्रसँगै उनीहरु सबैलाई प्रहरीले छोडेको थियो ।
विप्लवले अदालती प्रक्रियामा छुटेका नेता कार्यकर्तालाई पनि ६ महिना निलम्बन गर्ने, शंका लागेकालाई पार्टीबाटै हटाउनेसम्मको कारवाही गर्थे तर आफ्नै दाजु र भतिजाले पत्र लेखेरै आत्मसमर्पण गरेपछि अहिलेसम्म कारवाही गरेका छैनन् ।
बन्दीपुरमा बसेको ११ औं केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य माइलामा लामासहितले यो विषय उठाएका थिए तर विप्लव प्रकाण्डले यस्तो कुरा नगर्नु भन्दै हपाडेको एक नेताले बताए ।
प्रवक्ता खड्कबहादुर विश्वकर्माले आफू निटक प्रेम दर्नाल र चिरञ्जीवीले पनि प्रहरीसँगको मिलेमत्तो गरी निस्किँदा पनि बचाएका थिए । विप्लवले पत्र नै आइसकेपछि जयन्द्रलाई कारवाही गर्नेबारे छलफल गरेको तर प्रकाण्डले रोकेको एक नेता बताउँछन् । पछि विप्लव प्रकाण्डकै योजनामा यो पत्र गुपचुपमै राखिएको उनी निकट नेताहरुले बताउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको